कालोपत्रको काम निर्धारित समय अगावै सम्पन्न हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २२, २०७६ आइतबार १५:३२:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/sadak_zeh1kzZN4F.jpeg)
२२ मंसिर भोजपुर । भोजपुर–टक्सार सडक कालोपत्रको कामले तीव्रता पाएको छ । शुरुआत भएको सात महिनामा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । समयमा काम सकिने आशा बढेको छ ।
वर्षौँसम्म धेरै योजना अलपत्र बनिरहेका उदाहरण धेरै छन् । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको यो सडकखण्ड कालोपत्र १८ महिनामा सक्नुपर्ने सम्झौता भएको थियो ।
अहिले काम शुरु भएको सात महिनामै ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार अहिले बाटो चौडा गर्ने काम सम्पन्न भइसकेको छ । कार्यालय प्रमुख राजनराज रेड्डीले भने, “हालसम्म ५० प्रतिशत बढी काम सकिएको छ, यसलाई निर्धारित समयभन्दा अगाडि सक्ने तयारीका साथ काम गरिरहेको छौँ ।”
प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सो पाँच किलोमिटर सडक कालोपत्रको काम शुरु गरेको हो । निर्माणको जिम्मा ठेकेदार कम्पनी रायमाझी–जगदम्बा–मार्सेली जेभीले पाएको छ । कम्पनीका प्राविधिक आशिष न्यौपानेले भने, “कामलाई गुणस्तरीय ढङ्गले सम्पन्न गर्न हामी लागिपरेका छौँ, सबै तवरबाट गुणस्तरीय सडक बन्छ ।”
भोजपुरको एक मात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्म आवतजावत गर्न कच्ची सडकले निकै सास्ती हुँदै आएको छ । सडक कालोपत्रको काम अगाडि बढेपछि स्थानीयवासी उत्साहित छन् । कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन सरोकारवाला पक्षले ध्यान दिन स्थानीयवासीले आग्रह गरेका छन् । सडक कालोपत्रको शिलान्यास प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत वैशाखमा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार