अध्यक्ष शाहीद्वारा अलपत्र बालबालिकाको उद्धार
नेपालबहस संवाददाता
मंसिर २२, २०७६ आइतबार १५:५६:१५
२२ मंसिर बाजुरा । जनप्रतिनिधिले विकास निर्माणमा मात्र होइन, मानवीय सेवामा तल्लीन हुनुपर्दछ । जिल्लाको स्वामिकार्तिक गाँउपालिका अध्यक्ष चिरञ्जीवी शाहीले गरेकाे मानवीय सेवा अन्यका लागि नमूना बनेको छ ।
अध्यक्ष शाहीले गाँउपालिका–१ साप्पाटामा आमाको मृत्युपछि अलपत्र बनेका तीन वर्षीय बालक देवदत्त लुवार र ६ महिनाकी वसन्ती लुवारलाई संरक्षणको व्यवस्था मिलाएका छन् । उनी आफै ती बालबालिकालाई लिएर एसओएस बालग्राम धनगढीमा पुगेको सामाजिक अभियन्ता प्रकाश सिंहले जानकारी दिए ।
“बालबालिकाको पालनपोषण र शिक्षादिक्षाको एसओएसले जिम्मा लिने भनेपछि मात्र आफूले बालबालिका लिएर गएको हुँ”, अध्यक्ष शाहीले भने । बालग्राम धनगढीका प्रमुख पदम हमालले पालनपोषण र शिक्षालगायत सम्पूर्णको जिम्मा लिने जानकारी दिए।
बालग्राममा पत्रकार महासङ्घ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंह, स्वामीकार्तिक गाउँपालिका सूचना अधिकारी कुँवेर शाही, नागरिक समाजका अध्यक्ष जनेश भण्डारीको सहभागिता थियो । ती दुवै बालबालिका कुपोषित रहेका छन् ।
बालबालिकाका आमा बच्ची लुवारको गत साउनमा अकस्मात मृत्यु भएको थियो । ५१ वर्षीयँ हजुरआमा सुकी लुवारको भरमा नाबालक बालबालिका रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार