धुमधामका साथ दोस्रो भीरकोट महोत्सव आयोजना गर्ने तयारी
नेपालबहस संवाददाता
मंसिर २२, २०७६ आइतबार २०:१२:२०
२२ मंसिर, स्याङ्जा । भीरकोट उद्योग वाणिज्य संघले पर्यटन बर्ष २०२० लाई सफल बनाउन दोस्रो भीरकोट महोत्सव गर्ने तयारीमा जुटेको छ । “समृद्ध भीरकोट महोत्सवको आधार, कृषि, पर्यटन, आँधीखोलाको उपहार” भन्ने नारा सहित संघले पत्रकार सम्मेलन गरेर फागुन १ गते देखि ११ गते सम्म ११ दिन दोस्रो भीरकोट महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।
प्रथम भीरकोट महोत्सव सफलतापुर्वक सम्पन्न गरेको भीरकोट उद्योग बाणिज्य संघले यो पटकको महोत्सव भने पर्यटन बर्षलाई लक्षित राखेर संचालन हुने जनाएको छ । जिल्लाको मध्यभागमा रहेको भीरकोट नगरपालिका पर्यटकीय, सांस्कृतिक र कृषिमा अग्रस्थानमा रहेको छ ।
सम्भावनै सम्भावना रहेको नगरपालिकालाई पर्यटकीय, सांस्कृतिक र कृषिको हब बनाउने उदेश्यले दोस्रो महोत्सव आयोजना गर्न लागिएको दोस्रो भीरकोट महोत्सव मुल आयोजक समितिका अध्यक्ष तथा संघका अध्यक्ष भक्तबहादुर केसीले जानकारी दिए । आन्तरिक तथा बाह्रय पर्यटकलाई भित्राउने उदेश्यका साथ महोत्सव आयोजना गर्न लागेका हौं मुल आयोजक समितिका अध्यक्ष केसीले भने,“ भीरकोटमा रहेको कला संस्कृति र अर्गानीक कृषि उत्पादनको प्रचार प्रसार गर्ने हो ।” जसले गर्दा अर्गानीक खना सगै कला संस्कृति अवलोकन र पर्यटन प्रवद्धनमा महोत्सवले भीरकोट नगरीलाई चिनाउने छ, केसीले भने ।
४ करोडसम्मको व्यपारीक कारोवार र ३ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य लिएर महोत्सव आयोजना गर्न लागिएको केसीले बताए । महोत्सवबाट बचेको रकमलाई संघले आफ्नै भवन निर्माण गर्ने, हाटबजारको व्यवस्थापन गर्ने, व्यवसायीक चेतना अभिबृद्धि गर्ने लगायतका उदेश्य राखेर अगाडी बढिएको अध्यक्ष केसीले बताए ।
प्रथम महोत्सवमा १८ लाख बचाउन सफल भएको भीरकोट उद्योग वाणिज्य संघले दोस्रो महोत्सवमा ४० लाख बचाउने लक्ष्य राखेको छ । दोस्रो भीरकोट महोत्सवलाई भीरकोट नगरपालिकाले पुर्ण सहयोग गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख छायाराम खनालले नीजि क्षेत्र सगँ साझेदारी गर्दै स्थानीय सरकार अगाडी बढ्ने लक्ष्य अनुरुप उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवलाई सफल बनाउन पुर्णरुपले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भीरकोटलाई चिनाउने यो एउटा महान अवसर हो नगर प्रमुख खनालले भने,“ यो महोत्सवले यहाँ उत्पादित बस्तुको बजारीकरण, पर्यटन विकासमा टेवा र साँस्कृतिक संरक्षणमा टेवा मिल्नेछ ।” नगरपालिका र नगरवासी महोत्सव सफल बनाउन लाग्ने छन् भन्ने विश्वास मैले लिएको छु उनले भने । बाहिरका सामाग्री मात्रै किनबेच हुने महोत्सव नबनोस भन्दै आयोजकलाई स्थानीय उत्पादनलाई प्रथामिकता दिन नगरप्रमुख खनालले आग्रह गरे ।
महोत्सवमा २ सय स्टल रहने छन् । अटोमोवाईल, पंशुपंक्षी प्रदर्शनी कक्ष, फोटो प्रदर्शनी, शैक्षिक सामाग्री प्रदर्शनी, हस्तकला प्रदर्शनी लगायत स्टलमा रहने आयोजकले जनाएको छ । भीरकोट नगरपालिका भित्र रहेका हरेक धार्मिक स्थल, पर्यटकीय क्षेत्र र कृषिका पकेट क्षेत्रलाई अध्ययन अवलोकनको व्यवस्था रहेको संघका महासचिव नुवादत्त अर्यालले जानकारी दिए ।
महोत्सवमा आउने पर्यटकलाई स्वरेक मैदानबाट प्यारागलाईडिङ्बाट भीरकोट नगरपालिका हेर्ने व्यवस्था पनि मिलाएका छौं महासचिव अर्यालले भने,“ जसबाट आन्तरिक र बाह्रय पर्यटकले भरपुर आनन्द लिन पाउनेछन् ।” यसका लागि पर्यटकले एक हप्ता अगाडी नै जानकारी दिनुपर्ने छ उनले भने ।
११ दिनसम्म चल्ने महोत्सवले भीरकोट नगरपालिकालाई राष्ट्रिय तथा अन्तराष्ट्रियमा चिनाउनु का साथै आर्थिक चलायमान हुने विश्वास आयोजकको छ । जिल्लामा हुने अन्य महोत्सव भन्दा भीरकोट महोत्सव पृथक हुने दावी आयोजकको छ । भीरकोट नगरपालिका घोषणा भए सगै स्थापना भएको भीरकोट उद्योग वाणिज्य संघले छोटो समयमा आफ्नो पहिचान बनाउन सफल भएको छ । दोस्रो भीरकोट महोत्सव बयरघारी बजार स्थित सिसौघारीमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार