प्रचण्डको सकस
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २२, २०७६ आइतबार २०:२९:४५
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
२२ मंसिर, काठमाडौं । गत मंसिर ५ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिबालय बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार प्रत्यायोजन ग¥यो । नेकपाको एक नम्बरी अध्यक्षको पगरी गुथेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले गह्रँुगो मन लिएर यस्तो निर्णय लिएका थिए ।
ओलीले खुसी मनले यस्तो निर्णय लिएका थिएनन्, बाध्यताको उपज थियो । कि त पार्टीको कार्यकारी अध्यक्ष बनाउनु पर्ने नत्र विगतमा गरेको भद्रसहमति बमोजिम आलोपालो प्रधानमन्त्रीको शर्त मान्नुपर्ने अडान प्रचण्डले लिएका थिए । पूर्वमाओवादीलाई भित्तामा पु¥याउने पूर्वएमाले नेताहरुको रणनीतिले प्रचण्डलाई झस्काएको हो ।
कृष्णबहादुर महरालाई सभामुखबाट हटाउन पूर्वएमाले नेताहरुबाट भएको हतारोले प्रचण्डलगायत पूर्वमाओवादी नेताहरु हच्किएका थिए । त्यसैले प्रचण्डले पूर्वसहमतिको पालना गराउने अडान लिन थालेका हुन् । प्रचण्डको बढ्दो दवाव र प्रधानमन्त्री पदप्रतिको मोहका कारण अन्ततः ओली एककदम पछि हट्न बाध्य भए ।
साथै, अहिलेको अवस्थामा पाँच वर्ष प्रधानमन्त्री पद नै उपयोगी हुने निश्कर्ष निकालेर ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन् । जिम्मेवारी पाएपछि प्रचण्ड प्रफुल्ल त छन्, तर उनको जोडबलले सिंगो पार्टीमा रगजग गर्ने अवस्था भने अझैपनि बनिसकेको छैन । सहजै त्यो अवस्था बन्ने वातावरण पनि छैन ।
पूर्वएमाले मानसिकता उनका लागि मुख्य बाधक बनेको प्रचण्डलाई राम्रै ज्ञात छ । ओलीको बिग्रँदो स्वास्थले पार्टी लगायत सरकारको नेतृत्वसमेत प्राप्त हुने उनको भित्री इच्छा भने तत्काल पूर्ति नहुने छनक उनले पाइसके ।
त्यसैले ओलीले चाल्ने प्रत्येक कदममा साथ दिंदा मात्रै आफ्नो भलो हुने उनको बुझाई रहेको छ । पार्टी नेतृत्व हात परेपनि भोलि सरकारको नेतृत्व परिवर्तनको संभावना देखियो भने पूर्वएमालेका तर्फबाट प्रचण्डको नाम स्वीकृत हुन ज्यादै कठिन देखिएको छ ।
त्यसको अनुभूति स्वयं प्रचण्डले गरिसकेका छन् । त्यसैले ओलीले कार्यकारी अधिकारसहितको राष्ट्रपतीय शासन प्रणाली स्थापनाका लागि गर्ने हरेक प्रयत्नमा प्रचण्डले साथ सहयोग गर्ने भएका छन् । त्यसको पूर्वाभ्यास भइसकेका स्रोतहरुको बुझाई छ ।
ओलीले कुनैपनि बेला संविधानमा संशोधन गराई कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्था गर्ने प्रस्ताव अघि सार्ने अवस्था छ । यसबारे ओलीले प्रचण्डसँग छलफल गरेका छन् । त्यसैले अब प्रचण्डको ध्यान पार्टीभित्र आफ्नो हैसियत र प्रभाव बढाउनेमै बढी केन्द्रित देखिएको छ ।
कार्यकारी अधिकारप्राप्त पार्टी अध्यक्षको हैसियतमा पुगेपछि उनको सक्रृयता बढेको छ । हालै सम्पन्न उपनिर्वाचनमा प्रचण्डले नै नेकपाको कमान थामेका थिए । प्रधानमन्त्री ओली एपेन्डिसाइटिसबाट थलिएकाले प्रचण्डको दौडधूप बढेको थियो । साथै उनले यस अवधिमा दुई पटक पार्टी सचिवालय बैठक बोलाइ सकेका छन् । उपचुनावको परिणाम सार्वजनिक भएलगत्तै गत विहीबार बसेको सचिवालय बैठकको अध्यक्षता प्रचण्डले नै गरेका थिए ।
सो बैठकमा चुनावी परिणामको समीक्षा गर्दै जिल्ला तहबाट विस्तृत प्रतिवेदन बुझाउन तीन दिनको म्याद दिइएको थियो । सोही प्रतिबेदनबारे छलफल गर्न भोलि मंसिर २३ गते सचिबाल बैठक बोलाइएको छ । भोलिको बैठकमा अन्य महत्वपूर्ण मुद्धामा समेत छलफल गरी निर्णय गर्ने प्रचण्डको तयारी छ ।
यसै प्रयोजनका लागि आज बिहान प्रचण्डले खुमलटारस्थित आफ्नो निवासमा प्रभावशाली नेताहरुलाई बोलाएर छलफल गरे । भोलि बस्ने सचिबाल बैठकमा के कस्ता मुद्धामा छलफल र निर्णय गर्ने भनेर सामान्य कुरा भएको एक नेताले बताए । आज बिहान प्रचण्ड निवास पुग्ने नेतामा माधवकुमार नेपाल, उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोख्रले , पार्टी महासचिव विष्णु पौडेल र नेता देवेन्द्र पौडेल लगायत थिए ।
आज बिहान बसेको अनौपचारिक बैठकमा नेता नेपालले संविधान संशोधनका विषयमा ओलीले गोप्य तयारी गरेको भन्ने सन्दर्भ बाहिर चर्चामा आएकाले के हो भनेर चासो राखेको स्रोतले बतायो । प्रचण्डले भने आफूसँग प्रष्ट कुरा नभएकाले त्यसै भन्न नसक्ने बताए ।
तर यसबारे प्रधानमन्त्री ओलीसँग कुरा गर्न उनले सुझाव दिए । नेता नेपालले भने प्रचण्ड र ओलीबीच छलफल भएको र तयारी समेत अघि बढेको जानकारी पाएकाले जिज्ञाशा राखेको बताएका थिए । प्रचण्ड भने अहिले ओलीको इशारा नपाएसम्म कुनै पनि विषयमा नखुल्ने रणनीतिमा छन् ।
ओली सक्रृय भएसम्म आफू शक्ति सञ्चय गर्ने उनको रणनीति छ । ओली बाहेक पूर्वएमालेका शीर्ष नेता प्रचण्डलाई अध्यक्ष बनाएकोमा रुचाएका छैनन् । रक्षामन्त्री ईश्वर पोख्रेल समेत कुनैबेला प्रचण्ड विरुद्ध मोर्चाबन्दी गर्नेमा थिए । सबैतिरबाट कर्नरमा पारिने वातावरण देखेपछि प्रचण्डले विगतमा आलोपालो प्रधानमन्त्री बन्ने भनेर ओलीसँग भएको भद्रसहमतिको प्रसंग उठाउने गरेका थिए ।
ओलीले मौखिक रुपमा धेरै पटक प्रचण्डलाई सम्झाए पनि विश्वासको वातावरण नबनेकाले अन्ततः गत मंसिर ५ गते दुबै नेताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर नयाँ सहमति गरेका हुन् । राष्ट्रपति भण्डारीलाई कार्यकारी अधिकार सुम्पने ओलीको मनसाय बुझेकाले पनि प्रचण्डले यस्तो प्रस्ताव राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार