सभामुखमा फेरि नेम्बाङ नै !
नेपालबहस संवाददाता
मंसिर २२, २०७६ आइतबार २२:४७:१२
२२ मंसिर, काठमाडौं । विगत तीन महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले नै दावेदारी गर्ने भएको छ ।
कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त सभामुखमा धेरैले आँखा लगाएपनि प्रधानमन्त्री केपी ओली भने आफ्ना विश्वासपात्र समेत रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई नै ल्याउने मनस्थितिमा छन् ।
अब बस्ने संसद् वैठकबाट धेरै महत्वपूर्ण काम गर्नुपर्ने भएकाले पनि ओलीको रोजाईमा नेम्बाङ परेका हुन् । यद्यपि नेम्बाङले भने विगतमा आफू सभामुखमा नदोहरिने बताउँदै आएका छन् ।
तर प्रधानमन्त्री ओलीको स्वास्थ्य निरन्तर बिग्रन थालेपछि भने नेम्बाङलाई ठूलै दवाब परेको बताइन्छ । प्रधानमन्त्री ओली अब बस्ने संसद् अधिवेशनमा संविधान संशोधन गर्ने तयारीमा रहेकाले पनि नेम्बाङ उनको रोजाईमा परेका हुन् ।
यस प्रयोजनका लागि ओलीले पार्टी अध्यक्षसमेत रहेका नेता पुष्पकमल दाहाल प्रचण्डसँग पनि कुरा गरिसकेका छन् । महराको स्थानमा नयाँ सभामुख बनाउँदा पूर्व माओवादी पक्षबाट बनाउनु पर्ने दवाव भएपनि ओलीले महत्वपूर्ण काम गर्नुपर्ने भन्दै सहमत गराएका छन् ।
स्रोतका अनुसार ओली आगामी संसद् अधिवेशनबाट संविधानमा संशोधन गरी कार्यकारी अधिकार प्राप्त राष्ट्रपतीय व्यवस्था गर्न हतारिएका छन् । त्यसैले भोलि बस्ने सचिवालय बैठकले नेम्बाङको नाममा सहमति जुटाउने प्रयास गरिने एकजना सचिवालय सदस्यले बताएका छन् ।
यद्यपि पूर्व माओवादी नेताहरु देवेन्द्र पौडेल, हरिबोल गजुरेल, पम्फा भुषाल र अग्नि सापकोटाको नाममा सहमति जुटाउन प्रचण्डमाथि ठूलै दवाब छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा
जेठ १४, २०८१ सोमबार
कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनीत
जेठ १४, २०८१ सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १४, २०८१ सोमबार
उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा
जेठ १४, २०८१ सोमबार
भुजुङ गाउँ घरवासका लागि प्रख्यात
जेठ १४, २०८१ सोमबार
विपन्न चेपाङ समुदायलाई खाद्यान्न वितरण
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
कीर्तिमानी पर्वतारोही पूर्णिमालाई काठमाडौंमा भव्य स्वागत [ फाेटाेफिचर ]
जेठ १४, २०८१ सोमबार
इमानदारितापूर्वक मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु : सन्दीप
जेठ १४, २०८१ सोमबार