एअर अरेबिया मध्यपूर्व र अफ्रिकामा ‘निम्न भाडादरमा राम्रो सेवा दिने’ विमान कम्पनी बन्न सफल
नेपालबहस संवाददाता
मंसिर २२, २०७६ सोमबार १:५४:११
२२ मंसिर एजेन्सी । मध्यपूर्व र उत्तर अफ्रिकामा सर्वप्रथम निम्न भाडादरमा सेवा प्रदान गर्न शुरू गरेको एअर अरेबियाले यस बर्ष एअर अरेबियाले मध्यपूर्व र अफ्रिकामा ‘निम्न भाडादरमा राम्रो सेवा दिने’ विमान कम्पनीको पुरस्कार जित्न सफल भएको छ ।
संयुक्त अरब इमिरेट्स ‘यूएई’को सारजाहमा केन्द्रीय कार्यालय रहेको कम्पनीले उक्त पुरस्कार पाएको जानकारी आइतबार गराएको छ । कम्पनीका अनुसार ‘एअरलाइन रेटिङ्स डटकम एअरलाइन्स एक्सिलेन्स अवार्ड’ले दिँदै आएको उक्त पुरस्कार जित्न सफल भएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।
ठूला उद्योगको अनुभव प्राप्त वरिष्ठ सात उद्योगीले गरेको कार्यसम्पादन मूल्याङ्कनमा उनीहरूले एउटै कम्पनीको झण्डामुनि रहेर दिएको दीर्घ सेवा, हवाई यात्रीको समीक्षा, नाफा, लगानी दर, सेवा तथा कर्मचारीसँगको सम्बन्धलगायत विभिन्न १२ क्षेत्रलाई आधार बनाई पुरस्कार छनोट भएको बताइएको छ ।
पुरस्कार छनोटमा एअर अरेवियाले निम्न भाडादरमा उत्कृष्ट सेवा प्रदान गरेको कुरालाई विशेष जोड दिइएको कम्पनीले उल्लेख गरेको छ । एअर अरेबियाका समूह प्रमुख अदेल अलीले पुरस्कार छनोटबारे भने, “निम्न भाडादरमा उत्कृष्ट सेवा प्रदान गरेको हाम्रो कम्पनीले पुरस्कार घोषणापछि अझ उत्कृष्ठ सेवा दिनेछ ।”
एअर अरेबियाले मध्यपूर्व, अफ्रिकाका अधिकांश मुलुकहरूसहित विश्वका ५० देशका १७० स्थानमार्फत् आफ्नो सेवा प्रदान गर्दै आएको छ । एअर अरेबिया मध्यपूर्वबाट विश्वभर सेवा प्रदान गर्ने सबैभन्दा ठूलो विमान कम्पनीका रूपमा लिने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार