एक करोडको लागतमा खानेपानी आयोजना शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २३, २०७६ सोमबार १३:३२:०
![](https://nepalbahas.prixacdn.net/media/albums/khane_0MVHSp8RzJ.jpg)
२३ मंसिर भक्तपुर । गुण्डुका बासिन्दालाई खानेपानी पुर्याउने उद्देश्यले रु एक करोडको लागतमा शुरु भएको खानेपानी आयोजनाको शिलन्यास गरिएको छ ।
सूर्यविनायक नगरपालिका–७ गुण्डुमा गुण्डु वृहत खानेपानी समितिले निर्माण गर्न लागेको खानेपानी ट्याङ्की निर्माण र पाईपलाइन विस्तारकार्यको भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेत र नगर प्रमुख बासुदेव थापाले संयुक्तरुपमा आयोजनाको शिलान्यास गरेका हुन् ।
नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को स्वीकृत योजना ६०–४० अन्तर्गत नगरपालिकाको रु ६० लाख र उपभोक्ताका तर्फबाट काठमाडौँ वल्र्ड स्कुलको रु. ४० लाख गरी कुल रु एक करोडको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न गरिने भएको छ । निर्माण शुरु भएको आयोजनाअन्तर्गत दुई लाख लिटर क्षमताको ट्याङ्की निर्माण र पाईपलाइन विस्तार गरिने भएको छ । योसँगै गुण्डुका अधिकांश ठाउँमा खानेपानीको पर्याप्त व्यबस्था हुने भएको छ ।
कार्यक्रममा सांसद बस्नेतले विकासमा बाधा पुर्याउने र निर्माणमा ढिलाई गर्नेलाई जनताले कारबाही गर्ने बताए । विकासमा कसैले ढिलाई गरे त्यसबाट उत्पन्न जनआक्रोसलाई समर्थन गर्न जनप्रतिनिधि बाध्य हुने बताउँदै उनले कसैले पनि विकासलाई छेक्न र ढिलाई गर्ने कार्य नगरी सहयोग गर्न आह्वान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार