किसान यतिबेला बारीमा लगाएको कोदो भित्र्याउन व्यस्त
नेपालबहस संवाददाता
मंसिर २३, २०७६ सोमबार १३:४५:८
२३ मंसिर बनेपा । जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–१ छोटेसाहनका किसान यतिबेला बारीमा लगाएको कोदो भित्र्याउने काममा व्यस्त छन् । मकैपछिको दोस्रो अन्नबालीका रुपमा खेती गर्दै आएका यहाँका किसान कोदोका बाला टिप्नका लागि गाउँले आपसमा मिलेर भित्र्याउने गर्छन् ।
जिल्लाका विकट महाभारत र खानीखोला गाउँपालिकाका कृषकले विशेषगरी मकै र धानपछिको बाली कोदोको खेती गर्दै आएका छन् । त्यसरी लगाउँदै आएको बाली कोदो पाक्ने समय भएकाले त्यहाँका किसान यतिबेला कोदो टिप्न बारीमा व्यस्त बनेका हुन् । “कोदो धेरै लगाउने गरेका कारण हामी गाउँले आपसमा पालैपालो गरेर टिप्ने गर्छौं”, महाभारत–१ छोटेसाहनका किसान मन्दुमाया वाइवाले भने ।
त्यसरी उत्पादन गरेको कोदो घरमा नै खानका लागि र अन्य कामका लागि प्रयोग गर्ने गरेको उनले बताए । खाएर बढी भएको कोदो भने बेच्नका लागि उचित मूल्य नपाउने भएकाले खाजा लगायतका अरू कार्यमा प्रयोग गर्ने गरेको किसान बताउँछन् । पोषणका दृष्टिकोणले महत्वपूर्ण बालीका रुपमा मानिएको कोदो दुःख गरेर खेती गरे पनि त्यसको उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् ।
कृषि ज्ञान केन्द्रले रैथाने बाली संरक्षणको कार्यक्रम अगाडि बढाएको भए पनि विकट डाँडापारिका किसानले लगाउँदै आएको कोदोको संरक्षण र प्रवद्र्धन गर्ने विषयमा भने कुनै ध्यान दिएको पाइएको छैन । जिल्लाको मण्डनदेउपुर, चाँैरीदेउराली र बेथानचोकमा रैथाने बाली संरक्षण र प्रवद्र्धनको कार्यक्रम शुरु गरे पनि महाभारत र खानीखोलामा भने सो कार्यक्रम नरहेको कृषि ज्ञानकेन्द्र काभ्रेपलाञ्चोकले जनाएको छ ।
पहिला–पहिला बेच्नका लागि पनि बोकेर लग्नुपर्ने बाध्यता रहेकामा अब भने बल्ल सडक सुविधा पुगेर गाडी चल्न थालेकाले आम्दानीको स्रोत बन्ने आशामा रहेको किसान बताउँछन् । यहाँका बासिन्दा कोदोको पीठोबाट ढिँडो, रोटी, खोलेलगायतका परिकार बनाएर खाने गर्छन् । कोदो लगाउने क्षेत्रफलको यकिन तथ्याङ्क नभए पनि महाभारतका बनखु, गोलटार, सानोपोखरा, ठूलोपोखरा, देउराली, बुढाखानी, घर्तिछाप, गोकुले, कुपिन्टार र खानीखोलाका विभिन्न स्थानमा कोदो खेती गरिदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार