भोली यात्रामा निस्कदै हुनुहुन्छ ? ध्यान दिनुस है जोर नम्बरका सवारी मात्रै गुड्छन् !
नेपालबहस संवाददाता
मंसिर २३, २०७६ सोमबार १४:५०:१५
२३ मंसिर काठमाडाैं। १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’ प्रतियोगिताको समापनका दिन मंगलबार ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।
उद्घाटनका दिन बिजोर नम्बरका सवारी मात्रै सञ्चालन गरिएकाले समापनका दिन रिङरोड भित्रका सडकमा जोर नम्बरका सवारी मात्रै चलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।
यसका साथै ठूला मालवाकह सवारी साधन रिङरोडभित्रको सडकमा प्रवेश नगराउन पनि उसले आग्रह गरेको छ । दशरथ रंगशालामा समापनको कार्यक्रम हुने भएकाले सकभर त्यसआसपासको सडक प्रयोग नगर्न पनि ट्राफिक प्रहरी महाशाखाले सबैमा अनुरोध गरेको छ ।
समापनका दिन सकेसम्म सवारी साधन नै ननिकाल्न र निकाल्नै पर्ने भए वैकल्पिक मार्गको प्रयोग गर्न पनि उसले सुझाव दिएको छ ।
समापनका बेला रंगशालामा हुने कार्यक्रम हेर्न आउने सर्वसाधारणको सवारी टुंडिखेलमा पार्किङ गरेर राख्नु पर्ने व्यवस्था मिलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
प्रचण्डले बोलाए सर्वदलीय बैठक
असोज १३, २०८१ आइतबार
बाढीपहिरोको क्षति, उद्धार र राहतबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै
असोज १३, २०८१ आइतबार
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
असोज १३, २०८१ आइतबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार