महिनौँदेखि दुई गाउँपालिका सचिवविहीन, पञ्जीकरणको काममा समस्या
नेपालबहस संवाददाता
मंसिर २३, २०७६ सोमबार १७:४९:२३
२३ मंसिर काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७ वटै वडामा महिनौँदेखि सचिव नहुँदा कार्यसम्पादनमा निकै असहज भएको बताइएको छ । तेमाल गाउँपालिकामा नौ र महाभारत गाउँपालिकामा आठ वडा रहेका छन् ।
साविकका वडा सचिवहरु कर्मचारी समायोजनसँगै बढुवासहित अन्यत्र गएपछि दुई गाउँपालिका वडासचिवविहीन भएका हुन् । महाभारत गाउँपालिकाको कुनै पनि वडामा सचिव नभएको अध्यक्ष कान्छालाल जिम्वाले बताए। उनले भने, “गाउँ–बस्तीमै पुगेका सेवा सुविधा दिलाउने कर्मचारी नहुँदा महिनौँदेखि निकै समस्या झेल्दै आएका छौँ ।”
वडा सचिव नहुँदा जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नागरिकता सिफारिस, सामाजिक सुरक्षाभत्ता वितरणको काम प्रभावित भएको तेमाल गाउँपालिका–७ का वडाध्यक्ष ज्ञानबहादुर तामाङले बताए। “सचिव नहुँदा पञ्जीकरणको काममा निकै समस्या भइरहेको छ”, उनले भने ।
गाउँपालिकाको प्रवक्तासमेत रहनुभएका तामाङका अनुसार गाउँपालिकाले सबै वडामा सचिवको पदपूर्तिका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई गत कात्तिक पहिलो साता पत्र पठाइएको, तर हालसम्म पदपूर्ति भएनन् । हाल १० वडा रहेको भुम्लु गाउँपालिकामा ४, १२ वडा रहेको रोशी गाउँपालिकामा ४ तथा बेथानचोक गाउँपालिकाको ६ मध्ये ३ वडामा मात्रै सचिव छन् ।
यस्तै, कोशीपारि क्षेत्रको चौँरीदेउराली गाउँपालिकाको ९ वडामध्ये दुई सचिव मात्रै रहेको र ७ वडा रहेको डाँडापारीस्थित खानीखोला गाउँपालिकाको एउटा वडामा सचिव छैनन् ।
खानीखोला गाउँपालिकामा भएका सचिव पनि नियमित वडामा नबस्दा जनप्रतिनिधिले निकै अपजस खेप्नुपरेको प्रवक्ता मानबहादुर गोलेले बताए । काभ्रेपलाञ्चोकमा रहेका सात गाउँपालिकामा ६१ वडा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
जेठ १४, २०८१ सोमबार
‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर
जेठ १४, २०८१ सोमबार
कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
जेठ १४, २०८१ सोमबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार