घरेलु मैदानमा महिला फुटबलरको हार, खड्काले दिए राजिनामा
नेपालबहस संवाददाता
मंसिर २३, २०७६ सोमबार २१:३०:५३
२३ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला फुटबल टिमले हार व्यहोरेको छ । नेपाल भारतसँग पराजित भएको हो। सोमबार भएको फाइनल खेलमा भारतसँग नेपाल २ गोलले पराजित भएक हो ।
महिला फुटबल टोलीले फाइनलमा हार व्यहोरेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। पोखरामा भएको फाइनलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक खड्काले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।
घरेलु मैदानमै भएको सागमा स्वर्ण जित्ने लक्ष्यसहित तयारी थालेको महिला टोली पुनः फाइनलमा पराजित हुन पुगेपछि प्रशिक्षकले राजीनामा दिएका हुन् । यसअघि फागुनमा भएको साफ च्याम्पियनसिपमा पनि नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । प्रशिक्षकबाट राजीनामा दिएका खड्काले एन्फासँगको सहकार्य निरन्तर रहने बताएका छन् ।
त्योसँगै नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् । पोखरामा भएको फाइनलमा फेरि भारतसँग हारेपछि नेपालले रजतमा चित्त बुझाएकाेछ ।
कप्तान थापा र डिफेन्डर लिम्बुले लिए सन्यास
नेपाली महिला फुटबल टिमकी कप्तान निरु थापा र डिफेन्डर मनमाया लिम्बूले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन् । सोमबार भारतसँगको खेलमा पराजित भएपछि उनीहरुले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिफा वरियतामा नेपाल एक स्थान तल झर्यो
असोज ३, २०८१ बिहिबार
बंगलादेशविरुद्धको टेस्टमा आर आश्विनको शतक
असोज ३, २०८१ बिहिबार
स्टेफानो पिओली बने अल नासरको मुख्य प्रशिक्षक
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार