लघुवित्त र निर्जीवन बीमाका लगानीकर्ता मालामाल, प्राविधिक विश्लेषणले के भन्छ ?

आर्थिक संवाददाता
मंसिर २३, २०७६ सोमबार २२:४४:८

२३ मंसिर, काठमाडाैं । विगत ५ दिनदेखि दोश्रो बजारले लगानीकर्तालाई खुशी बनाउँदै आएको छ । यस हप्ताको दोश्रो कारोवार दिन बजार दोहोरो अंकले वृद्धि भएको छ । बजार १३ दशमलव ५१ अंकले वृद्धि हुँदै ११४८ दशमलव ८९ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक वृद्धिसंगै कारोवार रकमले पनि साथ दिंदै आएको छ । दिनभरिमा ४६ करोड ४२ बराबरको शेयर खरिदबिक्री भएको छ ।
धितोपत्र बजारमा आज शेयर कारोबारमा उल्लेख्य सुधार देखिएको छ । धेरै समयपछि नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत २.६५ विन्दुले सुधार भई २५३.१७ मा पुगेको छ ।
नेप्सको उकालो यात्रासँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर रु ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरीदबिक्री भयो ।
नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयर बढेको छ । अन्य ०.७४ विन्दुले घटेको छ भने सामूहिक लगानीकोष तटस्थ देखिएको छ । बैंकिङ ७.९१, व्यापार १६.६३, होटल १३.०६, विकास बैंक २८.१५, जलविद्युत् १६.८, वित्त ७, निर्जीवन बीमा १५६.३४, उत्पादन २९.७३, लघुवित्त ५०.४३ र जीवन बीमा ६०.९८ विन्दुले बढेको छ ।
कारोबारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड २८ लाख ७० हजार ८९४ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । एनएमबी बैंक रु एक करोड ८६ लाख ५७ हजार ७००, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु एक करोड ७० लाख ४६ हजार ८९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था रु एक करोड ६६ लाख ८९ हजार ३०२, हिमालयन डिस्टिलरी रु एक करोड २२ लाख ३७ हजार १३५ र प्रभु बैंक रु एक करोड १७ लाख ५४ हजार ९२७ को कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए । नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.९५, समता माइक्रोफाइनान्स वित्तीय संस्था ९.८०, मिथिला लघुवित्त वित्तीय संस्था ९.५२, आँधीखोला लघुवित्त वित्तीय संस्था ८.७१ र एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले ८.६५ प्रतिशतले कमाए ।
त्यस्तै, नबिल इक्विटी फण्ड ५.७४, सिभिल बैंक २.१२, एनआइसी एशिया ब्यालेन्स फण्ड १.९१, ग्लोबल आइएमई समुन्नत स्किम एक १.९१, सिद्धार्थ इक्विटी फण्ड १.८९ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.७३ प्रतिशतले गुमाएका छन् ।
आज निर्जीवन बीमा कम्पनीहरुको परिसूचकमा सर्वाधिक ३ दशमलव ८१ र लघुवित्त कम्पनीहरुको उपसुचकमा ३ दशमलव २३ प्रतिशतको वृद्धि देखिएको छ । लघुवित्त र बीमा कम्पनीको शेयर मूल्यले केही दिनदेखि सकारातमक गति लिंदै गएको देखिन्छ । बजारलाई मुख्य ड्राईभ गर्ने वाणिज्य बैंकको उपसूचक भने शुन्य दशमलव ७७ प्रतिशतले मात्र वृद्धि भएको छ। आज सर्वाधिक कमाउने १० कम्पनीमा ८ लघुवित्त कम्पनी रहेका थिए । यसबाट पनि लगानीकर्ताहरुले लघुवित्तको शेयरमा आक्रामक खरिद गरेको प्रस्ट हुन्छ ।
त्यस्तै ट्रेडिङ्ग उपसुचक पनि ३ दशमलव ६१ प्रतिशतले वृद्धि भएको छ। सबै भन्दा धरै गुमाउनेमा म्युचुअल फण्डका ईकाईधनी रहेका छन् । सर्वाधिक गुमाउने ५ सुचीमा ४ म्युचुअल फण्ड रहेका छन् ।
सर्वाधिक कारोवार आज नेपाल बैंकको भएको छ । नेपाल बैंकको २ करोड ३० लाखको कारोवार हुँदा दोश्रोमा एनएमबी बैंकको १ करोड ९२ लाखको शेयर खरिबिक्री भएको छ ।
दोश्रो बजार खुला भएबाट नै वृद्धि भएको देखिन्छ । बजारले ११ बजेर ६ मिनेटमा ११३२ दशमलव ८८ को न्यूनविन्दु समातेको थियो । त्यसपछि भने बजारले निकै राम्रो उचाई समातेको थियो । दुई बजेर ४० मिनेट जाँदा बजारले आजको उच्च विन्दु ११५५ दशमलव ०६ को विन्दु समातेको थियो । अन्तिमको २० मिनेटमा भने बिक्रीकर्ताको उपस्थिति राम्रो थियो । अन्तिम २० मिनेटमा नेप्से परिसूचक ६ दशमलव १७ अंकले घटेको थियो ।
प्राविधिक विशलेषण :
प्रतिरोध : ११५५ टेवा : ११३५
- आज नेप्सेमा खरिदकर्ताको चाप आक्रामक रुपमा रहेको देखिन्छ । कारोबार भने अघिल्लो कारोबार दिनभन्दा बढेको छ।
- अन्तिम दिन बुलिस मैनबत्ती आकृति बनाएको छ । यसले आपूर्तीभन्दा माग बढेको जनाएको छ । दैनिकी अवधिमा “आरएसआई” “न्यूट्रल जोन” भन्दा माथि रहेको छ।
- आरएसआई ६४ दशमलब ५९ को बिन्दुमा छ । आरएसआईले खरिदकर्ताको चाप बढ्न थालेको संकेत गरेको छ ।
- “एडिएक्स” सामान्य रहे पनि जोड र बिजोड डाइरेक्सनल इन्डेक्सहरुले बजार बढ्न सक्ने संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारमा खरिदकर्ताको चाप हुन थालेको संकेत गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध ११५५ मा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११३५ मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डमाथि अस्ट्रेलीयाको रोमाञ्चक जित
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
आइतबारको आकस्मिक समय : केबलकार, पूर्वराजाको अभिव्यक्ति र उडिसा घटनामा सांसदहरुको ध्यान
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
आइतबारको आकस्मिक समय : केबलकार, पूर्वराजाको अभिव्यक्ति र उडिसा घटनामा सांसदहरुको ध्यान
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार