नेपाली सेनाले २०८१ वैशाखसम्म फास्ट ट्रयाक निर्माण सम्पन्न गर्ने

नेपालबहस संवाददाता
मंसिर २३, २०७६ मंगलबार ०:१०:२६

२३ मंसिर काठमाडौं । नेपाली सेनाले २०८१ वैशाखसम्म फास्ट ट्रयाक निर्माण सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको छ । त्यसका लागि सेनाले समय तोकेरै फास्ट ट्रयाक निर्माणको कामको तालिका सार्वजनिक गरेको हो । ठूला पुल निर्माणको कामलाई २०७७ पुसमा सुरू गरेर २०८० को मंसिरमा सम्पन्न गर्ने सेनाले जनाएको छ ।
सैनिक मुख्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै सेनाले साना ठूला अन्य पुलहरू २०७७ को भदौमा सुरू गरेर २०८० को पुसमा सक्ने लक्ष्य रहेको जनाएको हो । सेनाले सुरूङ निर्माणको काम २०७८ जेठबाट सुरु हुने जनाएको छ ।
सेनाले सार्वजनिक गरेको कार्यतालिका अनुसार सुरूङ निर्माणको काम २०८१ वैशाखमा सकिनेछ । सरकारले २०७४ वैशाखमा ४ वर्षभित्र सक्नेगरी फास्ट ट्रयाक बनाउन सेनालाई जिम्मेवारी दिएको थियो ।
सोही वर्षको जेठमा फास्ट ट्रयाकको शिलान्यास भएको थियो भने साउनदेखि सेनाले काम सुरू गरेको थियो । ७२.५ किमिको फास्ट ट्रयाक चार लेनको हुने गरि निर्माण भइरहेको आयोजना प्रमुख शरदलाल श्रेष्ठले जानकारी दिए ।
यस्तै सेनाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि लिगलिकोट दौडको आयोजना गर्ने जनाएको छ , प्राचीन कालमा गोरखाको लिगलिगमा १३. ८ किलोमिटर दौडमा प्रथम भएपछि गोराखा राज्यको राजा हुने प्रचलन थियो।
द्रव्य शाहले लिगलिगकोटको दौड जितेर गोराखाको राजाभएपछि यो दौड चर्चामा रहँदै आएको हो । त्यस्तै सेनाले नेपाल भ्रमण वर्षलाई सफल बनाउन एक वर्षे कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।
सेनाले सगरमाथा आरोहण र सरसफाइ, प्यारागलाइडिङ, नेपाल म्याराथुन, जंगल सफारी र माउन्टेन ट्रेकिङ, पिस सेमिनार र रन फर फन, युनिफिकेसन ट्रैल ट्रेकिङ, ओपन एडभेन्चर स्पोर्टर्स कम्पिटिसन लगायतका कार्यक्रम गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाइते महिलाको हेलिकोप्टरमार्फत उद्धार
फागुन ४, २०८१ आइतबार
प्रसूति व्यथा लागेको १८ घण्टापछि उद्धार
माघ २४, २०८१ बिहिबार
रौतहटमा नेपाली सेनाद्वारा ७०० विपन्नलाई कम्बल वितरण
माघ १७, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार