रंगशालामा दर्शक र पत्रकारमाथि प्रहरीकाे दमन, घाइते पत्रकार अस्पताल भर्ना
नेपालबहस संवाददाता
मंसिर २४, २०७६ मंगलबार १८:२३:६
२४ मंसिर काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुद ‘साग’को १३ संस्करण रंगशालामा दर्शक र पत्रकारमाथि प्रहरी लौरो वर्षाएको छ । आज हुने साग समापनमा सहभागि हुन पुगेका दर्शक र समाचार रिर्पोटिङका लागि पुगेका पत्रकारमाथि भिड बढाएको भन्दै प्रहरीले धक्कामक्का र लाठिचार्ज गरेपछि रंगशालाक्षेत्रमा तनाव बढेको छ ।
टिकट मूल्य वृद्धिको विरोधमा दर्शकले रंगशालाबाहिर प्रदर्शन गरेपछि त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको हो । पत्रकार चापागाईंलाई डीएसपी सन्तोषसिंह राठोर, रुगम कुँवरलगायत प्रहरीले आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा नै कुटपिट गरेपछि अवस्था तनावग्रस्त भएको छ । त्यस्तै, पत्रकारलाई पनि प्रहरीले फोटो खिचेको भन्दै क्यामारा फुटाउने धम्की दिएको थियो ।
पत्रकार चापागाईंको कानबाट समेत रगत आएपछि उपचारका लागि अस्पताल लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार पुलिसले सर्वसाधारणमाथि अत्याधिक दमन गरेपछि पत्रकार चापागाईंले रिपोर्टिङ गर्दा उनलाई अपशब्द बोल्दै आक्रमण गरिएको थियो ।
आज विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुँदै छ । फुटबल, बक्सिङ , बास्केट बल, जुडो र स्क्वासको अन्तिम प्रतिस्पर्धासंग आजै सागको समापन गर्ने कार्यक्रम रहेको छ ।आज नेपाल र भूटानबीच पुरुषतर्फको फाइनल फुटबलको प्रतिस्पर्धा हुँदैछ ।
उक्त प्रतिस्पर्धा हेर्न दर्शकको घुइँचो बढेको छ । निर्धारित सिट पूरा भएपनि दर्शकको भीड भने थामिनसक्नु रहेको छ । यतिखेर त्रिपुरेश्वरस्थित दशरथ रंगशाला क्षेत्रमा भीड बढेको छ ।
यसैक्रममा प्रहरी र दर्शकबीच घम्साघम्सी परेको छ । प्रहरीले लाठी चार्ज गर्नु पर्ने अवस्था निर्माण भएको छ । उक्त घटनाको रिपोर्टिङ गर्ने एकजना खेल पत्रकारसमेत प्रहरीको आक्रमणको शिकार भएका छन् । आज साँझ समापन गरिने विशेष भव्य कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीले भिडियो संवोधन गर्ने कार्यक्रम रहेको छ ।
दर्शकमाथि गरेको लाठी प्रहारको फोटो खिचिरहेका पत्रकार सुमन चापागाईँमाथि पनि प्रहरीले आक्रमण गरेको छ । पत्रकार चापागाईँको कानमा चोट लागेको छ । प्रहरीले केही दर्शकलाई भ्यानमा राखेर लगेको त्यहाँ रहेका पत्रकारहरुले बताएका छन् ।
दशरथ रंगशालाको क्षमता १५ हजार दर्शकको हो । साग फाइनलका लागि टिकट खुलेको तीन घण्टा नपुग्दै सकिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिफा वरियतामा नेपाल एक स्थान तल झर्यो
असोज ३, २०८१ बिहिबार
बंगलादेशविरुद्धको टेस्टमा आर आश्विनको शतक
असोज ३, २०८१ बिहिबार
स्टेफानो पिओली बने अल नासरको मुख्य प्रशिक्षक
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार