५० करोड नजिक कारोवार, परिसूचक पनि बढ्यो ! हेरौं आजको बजार विश्लेषण

आर्थिक संवाददाता
मंसिर २४, २०७६ मंगलबार २३:१६:३७

२४ मंसिर, काठमाडाैं । आज दोश्रो बजारमा निकै उतारचढाव देखियो । ११४९ दशमलव १० को विन्दुमा खुलेको बजार ११ बजेर ३५ मिनेटमा ११५८ दशमलव १२ को उच्च विन्दुसम्म पुगेको थियो । त्यस्तै १२ बजेर ८ मिनेटमा ११४७ दशमलव ४४ को न्यून विन्दु सम्म पुगेको थियो ।
लगातार सुधारको दिशामा रहेको नेप्सेमा आज पनि २.४८ विन्दुले बढेर एक हजार १५१.३६ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३३ विन्दुले बढेर २५३.५० मा पुगेको छ ।
नेप्सेमा सुधार देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर रु ५० करोड तीन लाख २८ हजार ९१५ मूल्यमा खरीद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूह मध्ये आज चार उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ । जलविद्युत् ४.५२, निर्जीवन बीमा २.९५, उत्पादन ८.५७ र अन्य ११.२३ विन्दुले घटेका छन् । यस्तै बैंकिङ ७.०९, व्यापार २३.७६, होटल २८.१८, विकास बैंक १.९२, वित्त ०.४७, लघुवित्त १.८८, जीवन बीमा ९.१४ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ ।
नेप्से परिसूचकमा आज २ दशमलव ४८ अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक ० दशमलव २२ प्रतिशतले बढेको छ । कारोवार रकम ५० करोड नजिक पुगेको छ । केही दिनदेखि निरन्तर बढेको बजारमा आज लगानीकर्ताले केही प्रोफिट बुक गरेको देख्न सकिन्छ ।
साल्ट ट्रेडिङ्गको बजार मूल्य आज पनि बढेसंगै आज ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक ४ दशमलव ९७ प्रतिशतको वृद्धि देखिएको छ । केही दिनदेखि आक्रामक रुपमा बढेको माईक्रोफाईनान्स, निर्जीवन बीमा र जीवन बीमा उपसुचकमा भने ब्रेक लागेको छ । वाणिज्य बैंकहरुको उपसुचकमा स्थिर वृद्धि देखिएकोले आज माईक्रोफाईनान्स, निर्जीवन बीमा र जीवन बीमा उपसुचकमा केही “प्रोफिट बुक” भएको देख्न सकिन्छ ।
माछापुछ्रे बैंकको सर्वाधिक ७ करोड ५३ लाखको शेयर खरिदबिक्री भएको छ । त्यस्तै एनएमबी बैंकको ३ करोड ८५ लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।
सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु:
नेप्सेका अनुसार कारोबारका आधारमा आज माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड ५३ लाख २७ हजार ९२० बराबरको शेयर कारोबार भएको छ ।
यस्तै एनएमबी बैंक रु तीन करोड ८५ लाख ७९ हजार ३१७, कृषि विकास बैंक रु दुई करोड ८३ लाख ७३ हजार ५५२, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु एक करोड ३५ लाख ३० हजार ६००, नेपाल बैंक लिमिटेड रु एक करोड १५ लाख ४१ हजार १७४ र प्रभु बैंक रु एक करोड नौ लाख ३८ हजार ५५३ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।
सर्वाधिक कमाउनेमा आज पनि लघुवित्त हावी भए । सर्वाधिक कमाउने दुई कम्पनीमा लघुवित्त रहेका छन् । आज नयाँ नेपाल लघुवित्तको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले वृद्धि भयो भने सपोर्ट माईक्रो फाईनान्सको शेयर मूल्य ९ दशमलव ७६ प्रतिशतले वृद्धि भएको थियो ।
अरुण काबेलीका शेयरधनीले सर्वाधिक ४ दशमलव ०९ प्रतिशत गुमाउन पुगे भने नेशनल हाईड्रोपावरका शेयरधनीले सर्वाधिक ३ दशमलव ७७ प्रतिशतले गुमाए ।
सर्वाधिक कमाउने ५ कम्पनी:
नेप्सेका अनुसार नयाँ नेपाल लघुवित्त विकास बैंक ९.९१, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ९.७६, माउण्टेन हाइड्रो ६.६७, साल्ट टेडिङ कर्पोरेशन ६.६२, लुम्बिनी विकास बैंक ६.३२ र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.१९ प्रतिशतले कमाए ।
सर्वाधिक गुमाउने ५ कम्पनीहरु:
त्यस्तै, अरुण काबेली पावर ४.०९, नेशनल हाइड्रोपावर ३.७७, आँखु खोला जलविद्युत् कम्पनी ३.५०, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.४९ र सिन्धु विकास बैंकका शेयरधनीले ३.२ प्रतिशतले गुमाएका छन् ।
प्राविधिक विश्लेषण:
प्रतिरोध : ११५८ टेवा : ११४७
- आज नेप्सेमा खरिदकर्ता र विक्रीकर्ताको चाप लगभग बराबरीमा रहेको देखिन्छ । कारोबार भने अघिल्लो कारोबार दिनभन्दा बढेको छ ।
- अन्तिम दिन “सूटिङ्ग स्टार” मैनबत्ती आकृति बनाएको छ । यसले बढी रहेको बजारमा खरिदकर्ताको चाप कमजोर भएको संकेत गर्दछ ।
- दैनिकी अवधिमा “आरएसआई” “न्यूट्रल जोन” भन्दा माथि रहेको छ । आरएसआई ६५ दशमलब ८५ को बिन्दुमा छ । आरएसआईले बजारमा खरिदकर्ताको चाप रहेको संकेत गरेको छ ।
- “एडिएक्स” सामान्य रहे पनि जोड र बिजोड डाइरेक्सनल इन्डेक्सहरुले बजार सकारात्मक रहेको संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारमा खरिदकर्ताको चाप रहेको संकेत गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध ११५८ मा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११४७ मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डमाथि अस्ट्रेलीयाको रोमाञ्चक जित
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
रौतहटमा अवैध सालको काठसहित २ जना पक्राउ
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
रौतहटमा अवैध सालको काठसहित २ जना पक्राउ
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
रौतहटमा अवैध सालको काठसहित २ जना पक्राउ
फागुन ११, २०८१ आइतबार