नेपाललाई फुटबलमा स्वर्ण पदक
नेपालबहस संवाददाता
मंसिर २४, २०७६ मंगलबार २३:१३:३१
२४ मंसिर काठमाडौं । नेपाली राष्ट्रिय यू–२३ फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक जितेको छ । १३ औं सागमा नेपालले जितेको यो ५१ औं स्वर्ण हो ।
दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको हो । नेपालको जितमा सुनिल बल र अभिषेक रिजालले गोल गरे । भुटानका लागि चेन्चो ग्यालसेनले बराबरी गोल फर्काए ।
खेलको १६ औं मिनेटमा अभिषेकले ६ यार्ड बक्सनजिकबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । उनले विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गरे । उनको जारि प्रतियोगितामा तेस्रो गोल हो ।
यसअघि उनले भुटानविरुद्ध समूह चरण र माल्दिभ्सविरुद्ध पनि गोल गरेका थिए । खेलको ३६ औं मिनेटमा भुटानले बराबरी गोल फर्कायो । चेन्चो ग्याल्सेनले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिस गर्दै भुटानलाई खेलमा फर्काएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा नेपालले पेनाल्टीको लागि अपिल गरेपनि सुमन अर्यालमाथि पेनाल्टी क्षेत्रभित्र भएको फललाई रेफ्रीले वास्ता गरेनन् ।
दोस्रो हाफमा नेपालले सुनिलको गोलमा अग्रता लियो । उनले दायाँ विंगबाट आएको क्रसलाई हेडरमार्फत गोल गर्दै नेपाललाई पुनस् अग्रता दिलाएका थिए । त्यसपछि थप गोल हुन नसक्दा नेपालले स्वर्ण पदक जितेको हो ।
नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा जितेको यो चौथो स्वर्ण पदक हो । यसअघि नेपालले सन् १९८३, १९९३ र २०१६ को संस्करणमा पनि स्वर्ण जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिफा वरियतामा नेपाल एक स्थान तल झर्यो
असोज ३, २०८१ बिहिबार
बंगलादेशविरुद्धको टेस्टमा आर आश्विनको शतक
असोज ३, २०८१ बिहिबार
स्टेफानो पिओली बने अल नासरको मुख्य प्रशिक्षक
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार