रंगशालाको प्यारापिटमै प्रहरी ज्यादतीको विरोध
नेपालबहस संवाददाता
मंसिर २४, २०७६ मंगलबार २३:५६:७
२४ मंसिर काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार सुमन चापागाईमाथि प्रहरीले गरेको निर्घात कुटपिटको विरोध गरेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’को रिपोर्टिगको क्रममा प्रहरीले चापागाईमाथि कुटपिट गरेको थियो । सागको समापन हेर्न रंगशाला आएका दर्शकमाथि प्रहरीले गरेको लाठिचार्जको दृष्य कैद गर्ने क्रममा चापागाईलाई कुटिएको हो ।
घटनाको विरोध गर्दै खेलकुद पत्रकार मञ्चका सदस्यले रंगशाला प्यारापिटमै पुगेर घटनाको विरोध गरेका थिए । उनीहरुले कालो ब्यानर सहित प्रहरी ज्यादती अन्त्य गर भन्दै नारा लगाएका थिए ।
घटनाको विरोध गर्दै खेलकुद पत्रकार मञ्चले घटनामा संलग्न प्रहरी अधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतको माग अघि सारेको छ । मञ्चले माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन गर्ने उल्लेख गरेको छ ।
समाचार संकलनको क्रममा ड्युटीमा खटिएका डीएसपी सन्तोष सिंह राठोर सहितको टोलीले पत्रकार चापागाईलाई रंगशाला परिसर भित्र छिरेर कुटपिट गरेका थियो ।
प्रहरीको कुटपिटबाट घाईते भएका चापागाईको त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटलमा उपचार भईरहेको छ । चापागाईको कान र पेटमा चोट लागेको छ । प्रहरीले टिकटको बिषयलाई लिएर दशरथ रंगशाला पुगेका सर्वसाधारणमाथि कुटपिट गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
माघ ८, २०८१ मंगलबार
हत्या गरिएको अवस्थामा युवकको शव भेटियो
माघ ८, २०८१ मंगलबार
कार्यकारी आदेशको वर्षासँगै अमेरिकाको बागडोर सम्हाल्दै ट्रम्प
माघ ८, २०८१ मंगलबार
मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी
माघ ८, २०८१ मंगलबार
क्यानको अनुशासन कारबाहीमा परे सन्दीप लामिछाने, एक खेल खेल्न प्रतिबन्ध
माघ ८, २०८१ मंगलबार