माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन
नेपालबहस संवाददाता
मंसिर २५, २०७६ बुधबार १४:५०:६
२५ मंसिर काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको साढे दुई किलोमिटर सडकखण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ ।
कामपाले मंगलबार आयोजना गरेको पूर्वाधार विकास र लेन सञ्चालनका लागि गुरुयोजनाका विषयमा छलफलका क्रममा यस किसिमको धारणा सार्वजनिक गरेको हो ।
कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले चाँडो गन्तव्यमा पुग्नुपर्ने शहरी चरित्र र विस्तारै गन्तव्य तय गर्न सकिने साइकल यात्रा दुवैको चरित्र मिसाएर योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै शहरी स्वास्थ्य र वातावरणीय सुधारका लागि साइकल आवश्यक रहेको बताए ।
कामपा शहरी योजना आयोगका सदस्यसचिव सरोज बस्नेतले पहिलो चरण यी स्थानमा साइकल लेन सञ्चालन गर्न लागिएको र यसको प्रभावकारीता हेरी अन्य स्थानमा पनि तयार गर्ने बताए ।
कामपा–११ का अध्यक्ष हीरालाल तण्डुकारले छ वर्षअघि नै सञ्चालनमा आउनुपर्ने यो ट्र्याक अहिलेसम्म सञ्चालनमा आउन नसक्नुको कारण कोट्याउँदै वडाध्यक्ष तण्डुकारले राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन र उपभोक्ताबीचको अन्तरसम्बन्ध स्थापना हुन नसक्नुलाई मुख्य कारण औँल्याए । जुनसुकै पूर्वाधार तयार पार्दा पनि पैदलयात्रीलाई लक्षित वर्ग बनाउर्ने वातावरणविद् भुषण तुलाधरको धारणा थियो ।
काठमाडौँको सडकमा गुड्ने करिब साढे छ लाख सवारीसाधनको एक दशमलव पाँच प्रतिशत यात्रु साइकलमा सवार हुने तथ्याङ्कले देखाएको छ । भौगोलिक अवस्था, जलवायु र आकारका दृष्टिले काठमाडौँ उपत्यका पैदलयात्रा र साइकल प्रयोगका लागि अनुकूल रहेको सहभागीहरूको भनाइ थियो ।
महानगरले लेन निर्माणका लागि रु तीन करोडभन्दा बढी खर्चिने जनाएको छ । ललितपुर महानगरले यसअघि नै कुपण्डोलदेखि मङ्गलबजारसम्म लेन बनाउनका लागि शिलान्याससमेत गरिसकेको छ ।
धेरै साइकल प्रयोगकर्तालाई साइकल ट्र्याकका बारेमा जानकारी नै नहुने हँुदा यसबारे पनि सर्वसाधारणसम्म जनचेतना पु¥याउनुपर्ने धारण सहभागीको थियो । आगामी शनिबार तोकिएको स्थानमा परीक्षणका रूपमा साइकल यात्रा शुरु गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
हिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार
इरानमा आतङ्कवाद विरोधी अभियानमा चार आतङ्कवादी मारिए
कात्तिक २३, २०८१ शुक्रबार
'तेल भिसा' मा विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार