सागको तेह्रौं संस्करण सफलतापूर्वक सम्पन्न
नेपालबहस संवाददाता
मंसिर २५, २०७६ बुधबार १३:५१:५४
२५ मंसिर काठमाडौं । नेपालले दक्षिण एसियाली खेलकुद ‘साग’को तेह्रौं संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले साग सम्पन्न भएको घोषणा गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुरुष फुटबल खेलको फाइनलसँगै समारोहको आयोजना गरी साग सम्पन्न भएको घोषणा गरिएको हो । अतिथि सत्कार र व्यवस्थापनमा समेत नेपालले प्रशंसा पायो । पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्ष शाहिद अली हसनले समापन समारोहमै प्रशंसा गरे । उनले नेपालले प्रदान गरेको आतिथ्य र व्यवस्थापकीय कुशलताले चौधौं साग आयोजना गर्न उत्साहित भएको प्रतिक्रिया दिए ।
सम्भावना देखाएको तेह्रौं साग
व्यवस्थापकीय कुशलता र आतिथ्यले मात्रै नभई नेपालले सागको ३५ वर्षको इतिहासमा पहिलोपटक सबैभन्दा बढी स्वर्ण जितेर कीर्तिमान समेत बनायो । पछिल्ला बाह्र संस्करणमा ७१ स्वर्ण जितेको नेपालले सागको एकै संस्करणमा ५१ स्वर्ण जितेर खेलकुदमा नयाँ ऊचाई समेत पायो ।
मंसिर १५ गते सुरु भई काठमाडौं–पोखरा र जनकपुरधाममा दशदिनसम्म चलेको सागमा कुल एक हजार ६३ पदकका लागि दुई हजार ७१५ खेलाडी सहभागी भए। घरेलु मैदानमा नेपाली खेलाडीले एथ्लेटिक्स, पौडी, भारत्तोलन, कुस्ती, गल्फ लगायतको विधामा कीर्तिमान बनाउन सफल भए ।
पौडीकी गौरिका सिंहले सागको एकै संस्करणमा चार स्वर्णसहित ९ पदक जितेर पहिलो सर्वाधिक सफल खेलाडी बन्न सफल भए। किरणसिंह बोगटीले ४२ किलोमिटरको दौड जित्दा तीन दशकपछि नेपालले एथ्लेटिक्समा वापसी गर्यो । गल्फमा १७ वर्षे सुवास तामाङ्को दोहोरो स्वर्णले नेपाललाई खेलकुद विधालाई थप प्राथमिकता दिनुपर्ने बनायो । महिला भलिबलमा नेपाली टोलीको प्रदर्शनले खेलकुदमा नेपालको सम्भावनालाई मजबूत बनायो । कुस्तीमा संगिता धामीको स्वर्णले खेलकुदमा महिला सहभागितालाई र आँटलाई फराकिलो बनायो ।
प्रतिष्ठित विधा अन्तगर्त क्रिकेटमा निराशा हात लाग्दा फुटबलमा उपाधि रक्षा गरेको नेपाललाई दक्षिण एसियामा फेरी एकपटक स्थापित गरायो । समग्रमा देशका अन्य शहरहरुमा सफलतापूर्वक सम्पन्न हुनुले पहिलो पटक विकेन्द्रित खेलकुदको अन्तर्राष्ट्रिय उत्सवले राष्ट्रिय भावनालाई मजबूत बनाउन समेत सफल भएको छ ।
१४ औं साग पाकिस्तानमा
चौधौं दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक कमिटिको सोमबार बसेको बैठकले सागको चौधौं संस्करण पाकिस्तानमा गर्ने निर्णय गरेको हो । समापन समारोहको अवसरमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले चौधौं सागको आयोजक पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्ष शाहिद अलि हसनलाई आयोजना हस्तान्तरण गरे ।
पाकिस्तानले छ महिनाभित्र बैठक बसेर चौधौं साग हुने शहर र मिति निर्धारण गर्नेछ । दक्षिण एसियाली राष्ट्रको वर्णानुक्रम अनुसार सागको आयोजना पालैपालो गर्ने समझदारी अनुसार सागको आगामी संस्करणको आयोजना पाकिस्तानले गर्न पाउनेछ ।
नेपाल दोस्रो स्थानमा
२० वर्षपछि नेपाल साग पदक तालिकामा पुनः दोस्रो स्थानमा रहन सफल भयो । यसअघि सन् १९९९ को सागमा नेपालले ३१ स्वर्णसहित ६५ पदक ल्याएर दोस्रो स्थानमा थियो । भारत उक्त संस्करणमा १०२ स्वर्ण जितेको थियो । श्रीलङ्काले १६ स्वर्ण जितेर तेस्रो स्थान प्राप्त गरेको थियो ।
तेह्रौं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काश्य गरी कुल २०६ पदक जितेर दोस्रो स्थानमा रहन सफल भयो । भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ काश्य प्राप्त गरी दक्षिण एसियामा आफ्नो वर्चश्वतालाई निरन्तरता दिदा श्रीलङ्काले ४० स्वर्ण, ८३ रजत र १२८ काश्यसहित कुल २५१ पदक ल्याएर तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो ।
पाकिस्तान भने ३१ स्वर्ण, ४१ रजत र ५९ काश्य गरी कुल १३१ पदक प्राप्त गर्यो । बङ्गलादेश १९ स्वर्ण र माल्दिभ्सले एक स्वर्ण प्राप्त गर्दा भुटान स्वर्णविहीन हुन पुग्यो । उसले सात रजत र १३ काश्य प्राप्त गर्यो ।
उसले फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो र एकमात्र स्वर्ण जित्ने सपना र अपेक्षा राखेको थियो । तर फाइनलमा नेपालसँगको भेटले भुटानको उक्त सपना साकार हुन सकेनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार