प्रतिरोध क्षेत्रलाई तोड्दै अघि बढ्यो बजार, लघुवित्तका शेयरधनी मालामाल
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
मंसिर २५, २०७६ बुधबार २२:२५:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/Index-7_TSGOCYxXja.png)
२५ मंसिर, काठमाडाैं । शेयर बजारमा आज पुन दोहोरो अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक १० दशमलव ११ अंकले वृद्धि हुँदै ११६१ दशमलव ४७ को विन्दुमा दोश्रो बजार बन्द भएको छ । नेप्से परिसूचकलाई कारोवार रकमले पनि साथ दिएको छ । कारोवार रकम हिजो भन्दा आज केही करोड वृद्धि हुँदै ५५ करोड १३ लाख पुगेको छ । आज १७३ कम्पनीका २० लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । शेयर बजार निरन्तर वृद्धि हुन् थालेको ७ दिन भएको छ । लामो समयदेखि निराश लगानीकर्ताको मुहारमा केही दिनदेखि खुशी छाएको छ ।
आज बजार खुलेबाट नै सकारात्मक प्रवृत्ति समातेको थियो । बजारको खुला विन्दु ११५० दशमलव ८४ रहेकोमा बजारको न्यून विन्दु पनि त्यही रहेको छ । बजारले २ बजेर ११ मिनेटमा ११६६ दशमलव १६ को उच्च विन्दु समातेको थियो । उच्च विन्दु समाते पश्चात केही छिटो बजार घटेपनि पौने ३ बजेबाट शेयर बजारमा पुन खरिदकर्ताको आक्रामक उपस्थिति रहेको थियो ।
हिजो लघुवित्त र बीमा कम्पनीहरुमा केही करेक्सन देखिन खोजेपनि आज भने सो सेक्टरले पुन बुलिश प्रवृत्ति देखाएको हाे । साल्ट ट्रेडिङ्गको शेयर मूल्यमा वृद्धि देखिएसंगै ट्रेडिङ्ग उपसुचकमा आज सर्वाधिक ५ दशमलव ९ प्रतिशतको वृद्धि देखियो ।
लघुवित्त कम्पनीहरुमा लगानीकर्ता आकर्षित हुँदा लघुवित्त उपसुचकमा ३ दशमलव ५४ प्रतिशतको वृद्धि देखियो । निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा २ दशमलव ६६ प्रतिशतको वृद्धि देखिएको छ भने जीवन बीमा कम्पनीहरुको उपसुचकमा १ दशमलव ४६ प्रतिशतको वृद्धि देखिएको छ ।
आज पनि सर्वाधिक कमाउनेमा लघुवित्त कम्पनीहरुको नै दबदबा रह्यो । सर्वाधिक कमाउने १० कम्पनीको सुचीमा ८ वटा लघुवित्त कम्पनीका शेयर रहेका छन् । नेपाल सेवा लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले कमाए ।
हेरौं सर्वाधिक कमाउने ५ कम्पनी:
सर्वाधिक गुमाउनेको सुचीमा सबैभन्दा माथि युनिलिभर नेपाल लिमिटेड रहेको छ । युनिलिभरको शेयर मूल्य १८ हजार २ सय ६१ मा कारोवार बन्द भएको छ ।
हेरौं सर्वाधिक गुमाउने ५ कम्पनी:
नेपाल बंगलादेश बैंकको संस्थापक शेयर सर्वाधिक खरिदबिक्री भएको छ । नेपाल बंगलादेश बैंकको ६ करोड ४१ लाखको सस्थापक शेयर खरिदबिक्री भएको छ । आज मात्र लाभांश प्रस्ताव गरेका लुम्बिनी विकास बैंक र डिप्रोक्स लघुवित्तको पनि सर्वाधिक कारोवार हुने कम्पनीको सुचीमा टप ५ मा पर्न सफल भएका छन् ।
प्राविधिक विश्लेषण:
प्रतिरोध : ११६६ टेवा : ११५५
- आज नेप्सेमा खरिदकताको चाप रहेको देखिन्छ । कारोबार भने अघिल्लो कारोबार दिनभन्दा बढेको छ ।
- अन्तिम दिन “बुलिस” मैनबत्ती आकृति बनाएको छ । यसले बजारमा खरिदकर्ताको चाप भएको जानकारी गर्दछ ।
- दैनिकी अवधिमा “आरएसआई” ७० दशमलब ४५ को बिन्दुमा छ । आरएसआईले बजारमा शेयर बढी खरिद हुन थालेको जानकारी गराउंदछ ।
- “एडिएक्स” माग बढी रहेको जनाउनुको साथै जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स” हरुले पनि सोहि कुरा संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारमा खरिदकर्ताको चाप रहेको संकेत गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध ११६६ मा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११५५ मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
मोरङमा बज्राचार्यको भब्य प्रस्तुति, मध्यरातसम्म मनमगनमा नाचे दर्शक
फागुन ५, २०८१ सोमबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार