चार हजार ८५२ सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी समायोजन
नेपालबहस संवाददाता
मंसिर २५, २०७६ बिहिबार २:४४:२
२५ मंसिर काठमाडौं । सरकारले १२३ स्थानीय तहका चार हजार ८५२ सामुदायिक विद्यालय शिक्षकको दरबन्दी समायोजन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बुधबार पत्रकार सम्मेलन गर्दै देशभरका १२३ स्थानीय तहबाट चार हजार ८५२ दरबन्दी तथा राहत अनुदान कोटामा कार्यरत शिक्षकलाई अन्य स्थानीय तहमा हस्तान्तरण गर्ने गरी मिलान गरिएको जानकारी दिए ।
उनले विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात मिलाउनका लागि दरबन्दी समायोजन गरिएको बताए । यस्तै १४ जिल्लाको तीन हजार ३५९ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण हुनेसमेत उनले जानकारी गराए।
मन्त्रालयले १५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा एक हजार ४९३ दरबन्दी तथा राहत अनुदान कोटामा कार्यरत शिक्षकको मिलानसमेत गरेको छ ।
तिमध्ये एक प्रदेशबाट अर्को प्रदेशको स्थानीय तहमा हस्तान्तरण हुने दरबन्दी तथा राहत अनुदान कोटाको सङ्ख्या १०५ रहेको छ । शिक्षक दरबन्दी मिलानसम्बन्धी सुझाव पेश गर्न गठित पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वको कार्यदलले दिएको सुझावअनुसार दरबन्दी समायोजन गरिएको हो ।
हाल देशभर कायम रहेको प्राथमिक तर्फको दरबन्दी ८० हजार १७६, निम्न माध्यमिक तर्फको दरबन्दी १६ हजार २४४, माध्यमिक तर्फको दरबन्दी १२ हजार ७२५ र साविकको उच्च माध्यमिक तर्फको दरबन्दी दुई हजार तथा प्राथमिकतर्फ राहत अनुदान कोटा २१ हजार ८७१, निम्न माध्यमिक तर्फको राहत अनुदान कोटा नौ हजार ६०९, माध्यमिकतर्फ राहत अनुदान कोटा छ हजार ८९८ र साविकको उच्च माध्यमिक तर्फको राहत अनुदान कोटा चार हजार रहेका छन् ।
पहिलो पटक देशभर मिलानको काम सम्पन्न भइसकेपछि जनसाङ्ख्यिक संरचना परिवर्तनको कारण स्वीकृत मापदण्डअनुसार शिक्षक विद्यार्थी अनुपात थपघट भएमा त्यसको दरबन्दी मिलान तथा पुनःवितरण कार्य शिक्षा मन्त्रालयले गर्ने उनले जानकारी दिए ।
कुनै प्रदेशभित्र दरबन्दी मिलान तथा पुनः वितरण गर्ने जिम्मा प्रदेशस्थित सामाजिक विकास मन्त्रालय तथा कुनै खास स्थानीय तहले आफ्नो क्षेत्रभित्र आवश्यकताअनुसार दरबन्दी मिलान तथा पुनःवितरण कार्य प्रत्येक शैक्षिक सत्रको शुरु महिनामै सम्पन्न गर्ने गरी प्रबन्ध मिलाइएको छ ।
यस्तै दरबन्दी तथा राहत अनुदान कोटा रहेका शिक्षकलाई स्थानीय तहभित्र एक विद्यालयवाट अर्को विद्यालयमा सम्बन्धित स्थानीय तहले मिलान गर्ने छन् । आगामी शैक्षिक सत्र शुरु हुनु अगाडि नै शिक्षक मिलानका काम सक्नसमेत मन्त्री पोखरेलले निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार