के तपाईलाई चिसो मौसममा कफी मन पर्छ ?
नेपालबहस संवाददाता
मंसिर २६, २०७६ बिहिबार १४:१:१२
२६ मंसिर काठमाडौं । के तपाईलाई चिसो मौसममा प्रायजसो कफी पिउन मन पर्छ ? यदि मन पर्छ भने तपाई थाहा छ कि छैन यसरी कफीको सेवन गर्नाले स्वास्थ्यलाई फाइदा पनि गर्छ ।
पन्ध्रौं शताब्दी ताका अरेबियन मुलुक यमनबाट सुरु भएको कफी पिउने सँस्कृति नेपालमा पनि झ्याँगिसकेको छ । केही वर्षयता घरमा मात्रै होइन कुनै क्याफेमा बसेर कफीको चुस्की लिँदै आफ्ना मिल्ने साथीहरुसँग घन्टौं गफिने चलन पनि बढेको छ ।
कफीका पारखीहरुलाई नै मध्यनजर गरि खोलिएका क्याफेहरुमा कफीका विभिन्न भेराइटीहरु उपलब्ध हुन्छन् । क्यापेचिनो, क्याफेलाट्टे, अमेरिकानो, एस्प्रेसो लगाएतका भेराइटीहरु नेपालमा धेरै लोकप्रियय छन् ।
कफी पिउनुका फाइदाहरुः
- कफीले काम गर्नको लागि ताजगी मात्रै दिँदैन यसको सेवनबाट स्वास्थ्यसम्बन्धी अरु पनि फाइदा हुन्छ । तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने जरुरी छैन ।
- कफी पिउनाले कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम हुन्छ । अरु खालको क्यान्सरमा पनि कफीले राम्रो गर्ने अध्ययनहरुले देखाएका छन् ।
- यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसहरुको तुलनामा धेरै लामो आयु बाँच्न सक्ने कुरा पत्ता लगाएको छ ।
- हालसालै गरिएको एक अध्ययन अनुसार हरेक कप कफीले तपाइर्ंलाई डायबिटिज हुने खतरालाई ७ प्रतिशत सम्म कम गरिदिन्छ । नियमित रुपमा कफी पिउनाले टाइप २ डायबिटिजको खतरा धेरै कम हुन्छ ।
- कफीमा पाइने क्याफिन पार्किन्सन्सको रोगका बिरामीलाई उपयोगी हुन सक्छ ।
- नियमित रुपमा कफीको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई हर्टअट्याक हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्
बैशाख १५, २०८१ शनिबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते
बैशाख १५, २०८१ शनिबार
कुम्भ मेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
बैशाख १५, २०८१ शनिबार
मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?
बैशाख १५, २०८१ शनिबार