कैलालीमा लागुऔषधका कारण सामाजिक चुनौती बढ्दै
नेपालबहस संवाददाता
मंसिर २६, २०७६ बिहिबार १९:१५:५
२६ मंसिर धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रबाट बुधबार खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ ग¥यो । तीन दिनअघि धनगढी उपमहानगरपालिका क्षेत्रबाट पनि खैरो हिरोइनसहित तीन जना पक्राउ परेका थिए ।
यही मंसिर १२ गते धनगढीको एक होटेलवाट ब्राउन सुगरसहित दुई युवती र एक युवकलाई पक्राउ गरिएकामा यसै महिना अर्को एक घटनामा एक भारतीय युवक र नेपाली युवक पनि खैरो हिरोइनसहित पक्राउ परेका थिए ।
लागुऔषधको ओसारपसार र सेवनमा संलग्न हुने पछिल्लो समयमा लागुऔषधसहित धमाधम पक्राउ पर्न थालेका घटनाले कैलालीमा यो समस्या ठूलो समाजिक चुनौती बन्न थालेको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेत बढ्दै गएको लागुऔषधको समस्या समाजका लागि मुख्य चुनौतीका रुपमा देखिन थालेको बताउछन्। प्रहरीको एक्लो प्रयासले मात्र यो समस्या निराकरण हुन नसक्ने भएकाले सम्बन्धित अभिभावक पनि आफ्ना छोराछोरीले दैनिक गर्ने आनीबानी र व्यवहारका बारेमा सचेत हुन निकै जरुरी भइसकेको उनको भनाइ छ ।
“कानून बमोजिम प्रहरीले गर्ने कारवाहीले मात्रै यो समस्याको समाधान पूर्ण रुपमा निराकरण हुन सक्दैन”, बस्नेतले भने, “समयमै अभिभावक सचेत हुनु जरुरी देखिएको छ ।” जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार लागुऔषधको कारोवार, ओसारपसार र सेवनका घटनामा अधिकांश युवा फेला पर्ने गरेका छन् । गत आवमा ८७ लागुऔषधसम्बन्धी मुद्दामा १२७ पक्राउ परेकामा चालू आवको चार महिनामा मात्रै ४८ मुद्दामा ७१ पक्राउ परिसकेका प्रहरीको तथ्याङ्क छ ।
लुकीछिपी सेवन र ओसारपसार गर्नेको सङ्ख्या योभन्दा बढी हुन सक्ने बताइएको छ । भविष्यका कर्णधार मानिने युवा यसरी लागुऔषध दुव्र्यसनीको सिकार हुने क्रम बढ्दै जाँदा समाजमा यो समस्याले गम्भीर रुप लिन थालेको प्रहरी अधिकृतको भनाइ छ । लागुऔषधका अम्मली शुरुमा चुरोट खान सिक्ने र त्यसपछि विस्तारै लागुऔषधको कुलतमा फस्ने गरेका पाइएको छ ।
समाजमा हुने चोरी र लुटपाटका घटनामा कुलतमा फस्नेको हात रहने गरेको देखिएको छ । “यस्ता अधिकांश घटनामा कुलतमा लागेका युवाको संलग्नता बढी देखिने गरेको छ”, प्रवक्ता बस्नेतले भने, “जसका कारण उनीहरुबाट नै समाजमा अशान्ति र चोरी गर्ने जस्ता घटना हुन थालेका छन् ।”
यसको कुलतमा लागेकाले भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै सजिलैसँग सीमा पारिबाट लागुऔषध भित्र्याई सेवन र कारोवार गर्ने गरेका पाइएको छ । यसको रोकथाममा सीमा नाकाका भारतीय प्रहरीले पनि सहयोग पु¥याउँदा कारोवार गर्ने धमाधम पक्राउ पर्ने क्रम बढेको बताइएको छ ।
पछिल्लो समयमा जिल्लामा बढीजसो ब्राउन सुगर र ट्याब्लेटको सेवन तथा कारोवार गर्ने बढी फेला पर्ने गरेको बताइएको छ । लागुऔषधको ओसारपसार प्रयोग र सेवन रोकथामका लागि नियमित जाँचका साथै विभिन्न विद्यालयमा चेतनामूलक कर्यक्रम सञ्चालन भइरहेका भए पनि अपेक्षाकृत रुपमा यो समस्या घट्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार