धावनमार्गमा हिउँ पन्छाएपछि समिट एयरको जहाज उड्यो
नेपालबहस संवाददाता
मंसिर २८, २०७६ आइतबार २:३७:३७
२८ मंसिर डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा एक दिनदेखि रोकिएको समिट एयरको जहाज आज दिउँसो नेपालगञ्ज विमानस्थलका लागि उडेको छ ।
खराब मौसमका कारण शुक्रबारदेखि विमानस्थलमै रोकिएको समिट एयरको जहाज धावनमार्गमा जमेको बाक्लो हिउँ ट्र्याक्टर र मान्छे लगाएर पन्छाएपछि दिउँसो दुई बजे नेपालगञ्जका लागि उडेको हो ।
शुक्रबार बेलुकी भएको भारी हिमपातपछि धावनमार्गमै जमेको हिउँ बिहानैदेखि ट्र्याक्टर, एयरपोर्टका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयवासी मिलेर पन्छाए पछि जहाज उडाउन सफल भएको विमानस्थल सुरक्षा चौकी जुफालका प्रहरी नायब निरीक्षक कमल शाहले जानकारी दिए ।
नेपालगञ्जबाट यात्रु बोकेर जुफाल विमानस्थलका लागि उडेको समिटको जहाज अवतरण गरेको केही समयभित्रै नेपालगञ्ज र जुफालको मौसम बिग्रेपछि धावनमार्ग मै रोकिएको थियो ।
जहाज रोकिएको केही घण्टापछि हिउँ पर्न शुरु भएपछि जहाज हिउँले सेताम्य भएको थियो । धावनमार्गमा हिउँ जमेकाले आज कुनै पनि उडान भएन । हिउँ पन्छाएर धावनमार्ग खाली गरिएकाले आइतबार विभिन्न विमान कम्पनीले उडान भर्ने जुफाल विमानस्थलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार