पीपीएल : पहिलाे खेलमै शरद र ज्ञानेन्द्रको भिड्न्त
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २९, २०७६ आइतबार १४:२७:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/ppl-pokhara_mqELdJszrW.jpg)
२९ मंसिर पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग ‘पीपीएल’ आज ‘आइतबार’बाट सुरु हुँदै छ । पहिलो दिन उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्नेछ ।
पोखरास्थित पोखरा क्रिकेट रंगशालामा दुवै टोली मैदान उत्रदा पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा जित हात पार्दै दुवै टोली लिगमा सुखद सुरुवात गर्न चाहान्छन् । राष्ट्रिय टिमका भरपर्दा ब्याट्सम्यान शरद भेसावाकरको कप्तानीमा रहेको पोखरा यस संस्करणमा समेत उपाधि लक्ष्य राखेको छ । यस्तै राष्ट्रिय टिमका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँले गत संस्करणमा इलिमिनेटरबाट बाहिरिएको थियो ।
खेल बिहान साँढे ११ बजे सुरु हुनेछ । पहिलो संस्करणमा दुवै टोली आमने सामने भएका थिए । जसमा पोखराले काठमाडौँलाई ४ विकेटले पराजित गरेको थियो । पोखराका लागि भारतीय खेलाडी रभी इन्दर सिंह महत्वपूर्ण खेलाडी हुन् । सिंह गत संस्करणमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
पोखराबाट खेलेका उनले ६ खेलमा २ सय ६० रन बनाएका थिए । यस्तै काठमाडौँका लागि गौरब तोमार महत्वपूर्ण रहेका छन् । तोमार गत संस्करणका सिंहपछिको सर्वाधिक रन बनाउने खेलाडी हुन् । काठमाडौँबाट खेलेका उनले ६ खेलमा २ सय १२ रन बनाएका थिए ।
पुरा टिम पोखरा पल्टन : रोहित कुमार पौडेल, विनोद भण्डारी ‘विकेटकिपर’, ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, शरद भेषावकर ‘कप्तान’, कुशल मल्ल, आकश चन्द, अनिल गुरुङ, रविइन्दर सिंह, पराग खानपुकार र प्राथामेस डाके ।
काठमाडौँ गोल्डेन : ज्ञानेन्द्र मल्ल ‘कप्तान’ पवन सरार्फ, सुसन भारी, पृथु बास्कोटा, अमर सिंह राउटेला, आदिल खान, नन्दन यादव, बसन्त रेग्मी, अमित श्रेष्ठ, सुवास खकुरेल, अमृत भट्टाई, गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार