स्प्रेडदर बढाएकाे रास्ट्रिय वाणिज्य बैंककाे मुनाफा र खुद ब्याज आम्दानी किन घट्याे ?
आर्थिक संवाददाता
मंसिर २९, २०७६ आइतबार १९:१०:४८
२९ मंसिर, काठमाडाैं । विक्रम संवत् २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक स्थापनाकालमा नेपाल सरकारको पूर्ण स्वामित्वमा थियो । विक्रम संवत् २०७५ सालमा एन.आई.डि.सी डेभलपमेन्ट बैंकसंग मर्जर पश्चात भने कम्पनीमा ९९ दशमलव ९७ प्रतिशत शेयर नेपाल सरकारको र ० दशमलव ०३ प्रतिशत शेयर सर्वसाधारणको रहेको छ । एन.आई.डि.सी डेभलपमेन्टसँग मर्जर भएपनि कम्पनीले प्राथमिक बजारबाट शेयर बिक्री गरेको छैन ।
निजी क्षेत्रमा नयाँ वाणिज्य बैंकको आगमन संगै अत्याधिक प्रतिष्पर्धाको कारणले गर्दा स्थापित वाणिज्य बैंकको रुपमा रहेको यस बैंकलाई केही अप्ठेरो परेको देखिन्छ । सोही कारणले गर्दा निक्षेप संकलन र कर्जा प्रवाह केही घट्न पुगेको छ ।
निक्षेप र कर्जा बीचको ब्याजदर अन्तर स्प्रेडदरपनि धेरै नै रहेको छ । स्प्रेडदर कम गर्दै लग्नु पर्नेमा रास्ट्रिय वाणिज्य बैंकले भने वृद्धि गर्दै लगेको छ ।
कम्पनीकाे प्रकाशित चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासलाई दाँजेर हेर्दा:
खुद व्याज आम्दानीमै गिरावट:
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद ब्याज आम्दानीमै गिरावट देखिएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब ६० करोड खुद व्याज आम्दानी गरेकोमा यो आर्थिक वर्ष प्रथम त्रैमासमा २ अर्ब २६ करोडमात्र खुद व्याज आम्दानी गरेको छ । खुद व्याज आम्दानीमै १३ प्रतिशतको गिरावट देखिएको छ । प्रमुख आम्दानीको श्रोत घटेसंगै बैंकको वित्तीय प्रतिवेदन लोभलाग्दो आउँन सकेन ।
खुद मुनाफा नगन्य वृद्धि:
प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा गिरावट आएपनि कर्जा जोखिम शिर्षकबाट १५ करोड ९२ लाख फिर्ता भएसंगै कम्पनीको खुद मुनाफा भने नगन्य अंकमा वृद्धि भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ११ करोड कमाएकोमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब १२ करोड खुद मुनाफा गर्न सफल भएको छ । बैंकले गत वर्ष कर्जा जोखिम शिर्षकमा २५ करोड १६ लाख व्यवस्थापन गर्नु परेको थियो ।
व्यापार घट्दै :
चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह घटेको छ । निक्षेप संकलन र कर्जा प्रवाह दुवै करिब १ प्रतिशतले घटेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा १ खर्ब ९० अर्ब निक्षेप संकलन गरेको थियो भने चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ खर्ब ८७ अर्बमात्र निक्षेप संकलन गरेको छ ।
त्यस्तै कर्जा प्रवाह पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा १ खर्ब ४४ अर्ब कर्जा प्रवाह गरेकोमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ खर्ब ४३ अर्ब कर्जा प्रवाह गरेको छ ।
बैंकलाई अहिलेको मुख्य समस्या भने स्प्रेडदर रहेको छ । नेपाल रास्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २०७७ साल असार मसान्तसम्म ४ दशमलव ४० प्रतिशत स्प्रेडदर कायम गर्नुपर्ने नियम संगै बैंकलाई थप समस्या पर्ने देखिन्छ । स्प्रेडदर घटाउदै लानु पर्नेमा राष्ट्रिय वाणिज्य बैंकको ब्याज स्प्रेडदर ५ दशमलव ९६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा व्याज स्प्रेडदर ४ दशमलव ९८ प्रतिशत रहेको थियो । कम्पनीको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा गिरावट आएको र स्प्रेड दरलाई घटाउनु पर्ने बाध्यताले आगामी दिनमा थप चुनौती थपिएको छ ।
आधारभूत रुपमा चाहीं कम्पनी बलियो हुँदै गएको छ । कम्पनीको संचित मुनाफा १६३ प्रतिशतले वृद्धि हुँदै २ अर्ब १० करोड पुगेको छ भने जगेडा कोषमा भने १३ अर्ब ७१ करोड रुपैयाँ रकम संचित छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ३ दशमलव ८३ प्रतिशत रहेको खराब कर्जालाई घटाएर ३ दशमलव ५ प्रतिशतमा झार्न बैंक व्यवस्थापन सफल भएको देखिन्छ ।
सीसीडी अनुपात ७१ दशमलव ९७ प्रतिशत रहेको छ । अन्य धेरै वाणिज्य बैंकको तुलानामा सीसीडी अनुपात निकै थोरै रहेको प्रस्ट देखिन्छ । यसको अर्थ बैंकसँग थप कर्जा प्रवाह गर्न अझै श्रोत रहेको प्रस्ट देखिन्छ ।
त्यस्तै रास्ट्रिय अर्थतन्त्रमा व्याजदर वृद्धि अहिलेको प्रमुख समस्या भएको अवस्थामा रास्ट्रिय वाणिज्य बैंकको आधार व्याजदर निकै सस्तो रहेको छ । कम्पनीको प्रकाशित आधार व्याजदर ६ दशमलव ६० प्रतिशत मात्र रहेको छ । अन्य वाणिज्य बैंकको तुलानामा यस बैंकका ग्राहकले सस्तोमा कर्जा पाएको प्रस्ट देखिन्छ । अन्य वाणिज्य बैंकमा निक्षेपमा आकर्षक व्याज हुँदा निक्षेप संकलनलाई वृद्धि गर्नु र आफुसंग भएको निक्षेपलाई अन्त जान नदिनु बैंक व्यवस्थापनलाई थप चुनैती थपिएको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार