८ दिन बढेको बजारमा देखियो करेक्सन, आजको बजारबाट निराश नै हुने अवस्था छ त ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
मंसिर २९, २०७६ आइतबार २२:४४:११
![](https://nepalbahas.prixacdn.net/media/albums/Index-9_MyySS6kuHM.png)
२९ मंसिर, काठमाडाैं । लगातार ८ दिनदेखि वृद्धि भएको बजारमा आज भने ब्रेक लागेको छ । धरैले आजको घटाईलाई “करेक्सन” भनेका छन् भने केही प्राविधिक विश्लेषकले बजार बलियो प्रतिरोध क्षेत्रबाट फर्केको भन्दै आएका छन् । साताको प्रथम दिन नेप्से परिसूचक ४ दशमलव ७८ अंकले घट्दै ११६७ दशमलव ८६ को विन्दुमा दोश्रो बजार बन्द भएको छ ।
अघिल्लो कारोवार दिनको तुलनामा कारोवार रकम भने घटेको छ । कारोवार रकम हिजो भन्दा आज केही कम हुँदै ६८ करोड ६० लाख पुगेको छ । आज १७२ कम्पनीका २० लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।
“निरन्तर ८ दिन देखि बढेको बजारमा “करेक्सन” आउनु स्वाभाविक रहेको र आज कारोवार रकम अघिल्लो कारोवार दिन भन्दा धेरै नभएकाले “प्यानिक” हुनुपर्ने अवस्था छैन ” एक प्राविधिक विश्लेषकले नेपालबहस सँग कुरा गर्दै भने ।
आज बजारको खुला विन्दु ११७२ दशमलव ४५ रहेकोमा बजारको न्यून विन्दु ११५९ दशमलव ७९ थियो । बजारले न्यून विन्दु २ बजेर ४५ मिनेटमा समातेको थियो । बजारले १२ बजेर ५० मिनेटमा ११८२ दशमलव ०१ को उच्च विन्दु समातेको थियो ।
आज दुई बजेबाट बजार निरन्तर घट्न सुरु भएको तर अन्तिमको १५ मिनेटमा बजारमा आक्रामक रुपमा खरिदकर्ताको उपस्थिति थियो । यसले भोलीको प्रथम समयमा खरिदकर्ता नै आक्रामक हुने देखाउंछ ।
बजारले आजको उच्च विन्दु ११८२ दशमलव ०१ को विन्दुलाई तोड्न पर्ने देखिन्छ । बजारको अघिल्लो कारोवार दिनको न्यून विन्दु र आजको बजारको न्यून विन्दु एकै भएकाले सो क्षेत्रमा बजारले राम्रो टेवा पाउने देखिन्छ ।
आज नेप्सेलाई ड्राईभ गर्ने वाणिज्य बैंकहरुको उपसुचकमा सामान्य शुन्य दशमलव २७ प्रतिशतको वृद्धि देखिएको छ भने ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक ३ दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ ।
वाणिज्य बैंक, ट्रेडीङ्ग र अन्यु उपसुचक बाहेक आज सबै उपसुचकमा गिरावट देखिएको छ । आज सबैभन्दा धेरै जीवन बीमा कम्पनीहरुको उपसुचकम २ दशमलव ६२ प्रतिशतको गिरावट देखिएको छ ।
राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने युनाईटेड इन्स्योरेन्सका शेयरधनीले ६ दशमलव ४१ प्रतिशतले कमाए ।
हेरौं सर्वाधिक कमाउने ५ कम्पनी:
सर्वाधिक गुमाउनेको सुचीमा सबैभन्दा माथि स्पर्ष लघुवित्त रहेको छ । स्पर्ष लघुवित्तको बजार मूल्य ६ दशमलव ४ प्रतिशतले घटेको छ ।
हेरौं सर्वाधिक गुमाउने ५ कम्पनी:
एनएमबी बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । एनएमबी बैंकको ६ करोड ३७ लाखको शेयर खरिदबिक्री भएको छ ।
प्राविधिक विश्लेषण:
पहिलो प्रतिरोध : ११७१ पहिलो टेवा : ११६०
- आज नेप्सेमा ४ दशमलब ७८ अंकको गिरावट रहेको छ । अघिल्लो कारोबार दिनभन्दा आज कारोबार घटेको छ ।
- अन्तिम दिन “स्पिनिङ्ग टप” मैनबत्ती आकृति बनाएको छ । यसले बजारमा खरिदकर्ताको चाप कमजोर हँदै गएको जानकारी गर्दछ ।
- दैनिकी अवधिमा “आरएसआई” ७० दशमलब ०७ को बिन्दुमा छ । आरएसआईले बजारमा क्रेताको चाप कमजोर हुँदै गएको जानकारी गराएको छ ।
- “एडिएक्स”ले हालसम्म माग बढी रहेको जनाउनुको साथै जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स” हरुले पनि सोहि कुरा संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारमा खरिदकर्ताको चाप कमजोर रहेको संकेत गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध ११७१ मा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११६० मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार