शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी विजयी
नेपालबहस संवाददाता
मंसिर ३०, २०७६ मंगलबार ३:४२:४०
३० मंसिर काठमाडौं । त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा ‘अखिल नेपाल फुटलब सङ्घ’ कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको हो ।
आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले एक÷एक गोल गरेयता फ्रेन्ड्सको लागि भने शक्ति राईले एक सान्त्वना गोल फर्काए । नवयुगले खेलको तेस्रो मिनेटमै गोल गर्दै आर्मीलाई शुरुआती अग्रता दिलाए । उनले फ्रेण्ड्सको गोलरक्षक अगाडि बढेको अवस्थामा गोल गरेका थिए ।
खेलको ५०औँ मिनेटमा फ्रेण्ड्स क्लबका खेलाडी शक्तिले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यो एक एक गोलको बराबरी लामो समयसम्म टिक्न सकेन । खेलको ८१औँ मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए ।
भरत खवासले प्रहार गरेको कर्नर बल विमल पाण्डेको हेडरमा अनमार्क रहेका उनले वान टच गोल गरेका थिए । जितसँगै आर्मीले शीर्ष तीन अङ्क जोडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार