कोहीभन्दा कमजोर छैन नेपाली सिर्जना
नेपालबहस संवाददाता
पुस १, २०७६ मंगलबार १५:१५:२९
१ पुस काठमाडौं । नेपाली मौलिक कला संस्कृति र जनजीवनलाई जलरङले भर्दै विश्वका कलाकारमाझ नेपाली कलाकार डिबी राईले कलाको अनुपम नमूना प्रस्तुत गरे । भारतको नयाँदिल्लीमा भेला भएका विश्वभरका कलाकारको कलाअघि राईको जलरङ कला सयौँ ताराका बीचको सुन्दर चन्द्रमा नै बन्यो ।
घाम झुल्किएपछिको साँघुरो गल्लीमा परेको उज्यालो, खुलेको निलो आकाश, बस्तीबीच उभिएको मौलिक प्यागोडा शैलीको मन्दिर अनि दैनिकीमा रमाउँदै गरेका स्थानीय जनजीवनको मोहकतामा हरकोही मोहित बने । विश्वका जुनसुकै कुनामा पुगे पनि नेपालको परिचय बोल्ने पाटन मङ्गलबजारको एक गल्लीको जीवन्ततालाई उनले रङ्गीन जलरङमार्फत कागजमा उताए ।
प्रकृतिको सुन्दरता अनि शताब्दीअघि बनेका नेपाली सभ्यता बोल्ने कलात्मक बस्तीको त्यो गल्लीसँगै अभूतपूर्व सौन्दर्य बोकेको मन्दिरसँग मानवीय जीवनको सम्बन्ध उनको कलामा पोखिएको थियो । हेर्दा सामान्य लाग्ने जलरङको रौनकले विश्वका कलाकारका आँखा तिर्मिराए । जलरङको शक्तिशाली प्रदर्शनले कलाकार राईको मात्र होइन, नेपालकै शिर उच्च बन्यो ।
गत साता अन्तरराष्ट्रिय जलरङ समाज भारतले आयोजना गरेको ‘पहिलो ओलम्पियन जलरङ महोत्सव’ अन्तर्गत खुला चित्रकला प्रतियोगितामा यसरी राईले विश्वका सयौँ कलाकारलाई उछिनेर उत्कृष्ट दोस्रो बने । राईलाई एक त आफ्नो मौलिकता विश्वसामु चिनाउने उद्देश्य, त्यसमाथि चित्र सिर्जनामा खरोरूपमा प्रस्तुत हुनु चुनौती थियो । नेपालीको शान जोगाउन कलाकारितालाई निखार दिने प्रयासमा उनले कुनै कसर बाँकी राखे ।
“क्षमताले भ्याएसम्मको सक्दो प्रयास गरे, परिणाम सयौँ प्रतियोगीमध्ये उत्कृष्ट दोस्रो बनेर अवार्ड जितेँ, नेपालको शिर उँचो बनाउन पाउँदा खुशी छु”, राईले त्यो क्षण सम्झँदै भने। उनले विश्वस्तरमा अवार्ड प्राप्त गर्दा कला क्षेत्रमा थप हौसला मिलेको राससलाई प्रतिक्रिया दिए।
प्रतिष्पर्धामा झण्डै २०० कलाकार सहभागी भए । उक्त प्रतिष्पर्धामा नेपाली तीन कलाकारले चार अवार्ड पाए । हिमालसहितको पोखरा क्षेत्रको सुन्दर दृश्य सिर्जना गरेका अर्का कलाकार मनोज तामाङले त दुई अवार्ड प्राप्त गरे ।
नेपालको हिमाल, मठमन्दिरसहितको प्राकृतिक सम्पदालाई समावेश गरेर कलाकार दीपेन्द्रमान बनेपालीले सिर्जना गरे । चित्र उत्कृष्ट तीनमा पर्दै अर्को अवार्ड लिन सफल भए ।
अतिथि कलाकारका रूपमा कार्यक्रममा सहभागी अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङ विश्व प्रतिष्पर्धामा उत्रिएर नेपाली कलाकारले अवार्ड हाता पार्नु अत्यन्तै खुशीको कुरा भएको बताउछन् । “नेपाली कलाकार र सिर्जना कोहीभन्दा कमजोर छैन, नेपाली कलाकारले धेरै देशबाट उत्कृष्ट अवार्ड सङ्गालेर आएका उदाहरण छन्” कलाकार गुरुङले थपे।
कलाकारको कलाको विकासमा सरकारी योजना भने फितलो रहेको महसुस गर्छन् । गुरुङले मुस्ताङको कागवेनी क्षेत्र समेटेर आर्ट डेमोष्ट्रेशन गरे । उक्त चित्र तत्कालै भारतीय कला पारखीले रु १६ हजार नेपालीमा खरीद गरे ।
मुहारचित्र सिर्जनामा विश्वमै छुट्टै पहिचान बनाउन सफल गुरुङले यसअघि अमेरिका र टर्कीबाट उत्कृष्ट अवार्ड प्राप्त गरिसक्नुभएको छ । यसअघि अग्रज कलाकार उमाशङ्कर शाह, समुन्दमान श्रेष्ठले पनि महत्वपूर्ण अवार्ड प्राप्त गरिसकेका छन् ।
महिला कलाकार अरुणा हिङ्माङले भारतको चर्चित अम्बेडकर अवार्ड प्राप्त गर्नु चानचुने कुरा होइन । यस्ता अवार्ड पाउने नेपाली कलाकार धेरै छन् । संसारकै पुरानो कला मानिने जलरङ पारदर्शी हुनु महत्वपूर्ण पक्ष हो । रङ खेलाउन जानेन भने जलरङ अन्य माध्यामभन्दा जटिल हुन्छ ।
पछिल्लो समयमा जलरङको प्रयोगमा कञ्जुस्याइँ भइरहेका बेला स्वदेश र विदेशमा अन्य माध्यमको तुलनामा जलरङ प्रयोग गर्ने कलाकारले विश्वस्तरका कार्यक्रम गर्दै आएका छन् । यसपटक भारतमा भएको उक्त महोत्सवमा ४५ देशका झण्डै ७०० चित्र सिर्जना समावेश थिए । त्यसमा नेपालका १३ चित्रकला सहभागी थिए । कार्यक्रममा प्रत्यक्षरूपमा भने २३ देशका २५० कलाकार उपस्थित भए ।
अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङको नेतृत्वमा कलाकार दिपेन्द्रमान बनेपाली, डिबी राई, मनोज तामाङ, गोपाल दराई, विनोदकुमार गुप्ता, डिल्लीकृष्ण आले, प्रकाश मानन्धर, कान्छाकाजी भाषिमा, अमजद अली अन्सारी, मुकेश महतो, पुरन थापा सहभागी थिए ।
नेपाली चित्रकारले नेपाली मौलिक परिवेश तथा यहाँको सांस्कृतिक सम्पदा र हिमशृङ्खला समावेश गरेर चित्र प्रदर्शनीमा सहभागी थियो ।
विश्वका कलाकारलाई भ्रमण वर्षको निम्तो
नेपाली कलाकारले जलरङ महोत्सवलाई अवसरका रुपमा लिँदै विश्वका कलाकारलाई नेपाल भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराई नेपाल घुम्ने निम्तोसमेत बाँडेका छन् । उनीहरुले इरान, रुस, बुल्गेरिया, अष्ट्रिया, म्यान्मा, थाइल्याण्ड, स्पेन, इटाली, टर्की, चीन, अमेरिका, बङ्गलादेश, भारतलगायतका देशबाट सहभागी कलाकारलाई नेपाली दृश्यसहितको पोष्टर हस्तान्तरण गर्दै भ्रमणको निम्तो दिएका हुन् ।
नेपाल सरकारले भ्रमण वर्षमा विशेष प्याकेज घोषणा गर्ने तयारी गरेकाले भ्रमण वर्षको अवसर सदुपयोग गर्न आग्रह गरिएको र धेरै कलाकारले घुम्ने इच्छा देखाएको कलाकार गुरुङले बताए।
अन्तराष्ट्रिय जलरङ समाजका विश्व अध्यक्ष अतानुर डोगानले नेपालको पर्यटकीय र हिमाली क्षेत्रमा कलासम्बन्धीका कार्यक्रम राख्न सुझाव दिँदै नेपाली सुन्दरताले आफूलाई पनि लोभ्याएको बताए । गत वर्ष नेपालमा भएको अन्तरराष्ट्रिय जलरङ महोत्सवमा डोगान सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा दम्पती मृत फेला
कात्तिक २३, २०८१ शुक्रबार
दुर्घटनामा मृतक पाँच जनाको सनाखत
कात्तिक २३, २०८१ शुक्रबार
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार
विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता
कात्तिक २३, २०८१ शुक्रबार
झापामा जुवातास खेलिरहेका १८ जना पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार