निकुञ्ज जाने बाटो हिउँले पुरिएपछि बाटो खोल्दै नेपाली सेना
नेपालबहस संवाददाता
पुस १, २०७६ मंगलबार १६:०:३८
१ पुस डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडमा हिमपातका कारण अवरुद्ध भएको बाटो खोल्न नेपाली सेना लागिपरेको छ । खप्तड राष्ट्रिय निकुञ्ज जाने बाटो हिउँले पुरिएपछि त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुरु गोरख गुल्मका सैनिकले अहिले बाटो खोल्न शुरु गरेका गुल्मका उपसेनानी तीर्थबहादुर खत्रीले जानकारी दिए ।
नेपाली सेनाका अनुसार खप्तड क्षेत्रमा अहिले पनि कम्तीमा चार फिट हिउँ अझै कायमै रहेका कारण बन्द भएका पर्यटकीय बाटा खोल्न समस्या भइरहेको छ । हिमपातका कारण खप्तडमा रहेका पवित्र तीर्थस्थल त्रिवेणी, सहर्षलिङ्ग र घोडादाउने पाटनको बाटो बन्द भएका छन् । नाटेश्वरी, खप्तडबाबा आश्रमसम्म जाने बाटो भने खोलिएको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ ।
निकुञ्जमा रहेका बाटा हिमपातका कारण बन्द भएपछि त्यहाँ जाने पर्यटक तथा नेपाली सेनालाई गस्ती गर्नसमेत समस्या भएको बताइएको छ । हिमपातपछि खप्तडको तापमान रातिको समयमा माइनस आठ डिग्री सेल्सियस रहने गरेको गुरु गोरख गुल्मले जनाएको छ ।
खप्तडको सहर्षलिङ्गमा रहेको नेपाल टेलिकमको टावरले काम नगरेका कारण सञ्चार सम्पर्कमा समस्या भएको स्थानीय दीपकबहादुर खड्काले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार