५ कम्पनीको मात्र करोडमाथि कारोवार, तर अन्तिम घन्टामा देखियो शुभसङ्केत, हेरौं प्राविधिक विश्लेषण

आर्थिक संवाददाता
पुस १, २०७६ मंगलबार २२:३२:१७

१ पुष, काठमाडाैं । लगातार दुई दिनदेखि घटेको शेयरबजार आज भने नगन्य अंकले बढेको छ । साताको तेश्रो कारोवार दिन नेप्से परिसूचक १ दशमलव २६ अंकले बढेर ११५५ दशमलव ३७ को विन्दुमा दोश्रो बजार बन्द भएको छ ।
कारोवार रकम भने घटेको छ । कारोवार रकम हिजो भन्दा आज निकै कम हुँदै २७ करोड ९२ लाख पुगेको छ । बैंकिङ १.५९, होटल १२.७५, वित्त ०.२५, उत्पादन ४.७५ विन्दुले घटेको छ । यस्तै व्यापार १५.८४, विकास बैंक ५.०३, जलविद्युत् ०.२९, निर्जीवन बीमा ३८.७५, अन्य २.२९, लघुवित्त ९.८८, जीवन बीमा ४६.५८ र सामूहिक लगानी कोष ०.०२ विन्दुले बढेको छ । आज १६७ कम्पनीका ८ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । अघिल्लो साता निकै राम्रो कारोवार रकम भएपनि यो साता बजार पुन सुस्ताएको छ ।
आज ट्रेडिङ्ग उपसुचक बाहेक कुनैपनि उपसुचकमा १ प्रतिशत माथिको वृद्धि देखिएन । आज ट्रेडिङ्ग उपसुचक सर्वाधिक ३ दशमलव ०२ प्रतिशतको वृद्धि देखिएको छ । वाणिज्य बैंकहरुको उपसुचकमा आज शुन्य दशमलव १५ प्रतिशतको गिरावट देखिएको छ ।
आज ट्रेडिङ्ग , विकास बैंक, हाईड्रोपावर, निर्जीवन बीमा, अन्य , लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड उपसुचकमा वृद्धि देखिएको छ भने वाणिज्य बैंक, होटल, फाईनान्स र उत्पादन मुलक कम्पनीहरुको उपसुचकमा गिरावट आएको छ ।
आज बजारको खुला विन्दु ११५४ दशमलव १८ रहेकोमा बजारको न्यून विन्दु ११५० दशमलव ६६ थियो । बजारले न्यून विन्दु १ बजेर ५९ मिनेटमा समातेको थियो ।
बजारले १२ बजेर ५७ मिनेटमा ११५८ दशमलव ३६ को उच्च विन्दु समातेको थियो । २ बजेसम्म निरन्तर बिक्री चाप आएको बजारमा अन्तिम एकघण्टाले शुभसंकेत दिएको थियो ।
नेपाल फाईनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ६८ प्रतिशतले कमाए भने दोश्रोमा आधिखोला लघुवित्तका शेयरधनीले ६ दशमलव ९२ प्रतिशतले कमाए ।
हेरौं सर्वाधिक कमाउने ५ कम्पनी:
नेप्सेका अनुसार कारोवारका आधारमा आज नेपाल फाइनान्स कम्पनीका शेयरधनीले ९.६८ प्रतिशतले कमाउँदा आँधीखोला लघुवित्त वित्तीय संस्था ६.९२, स्पर्श लघुवित्त वित्तीय संस्था ५.०३, आशा लघुवित्त वित्तीय संस्था ४.२२, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ४.१८ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ३.९१ प्रतिशतले कमाएका छन् ।
हेरौं सर्वाधिक गुमाउने ५ कम्पनी:
सर्वाधिक गुमाउनेको सुचीमा सबैभन्दामाथि दिव्यश्वोरी हाईड्रोपावर रहेको छ । दिव्यश्वोरी हाईड्रोपावरको बजार मूल्य ६ दशमलव ८९ प्रतिशतले घटेको छ । दिव्यश्वरी हाइड्रोपावर ६.८९, नेपाल सेवा लघुवित्त ५.६८, आँखु खोला जलविद्युत् कम्पनी ४.८३, हिमालयन पावर पार्टनर ४.१९, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.७५ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ३.५७ प्रतिशतले गुमाएका छन् ।
कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । आज पनि एनएमबी बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । सो बैंकको रु तीन करोड ४६ लाख २८ हजार ६४३ बराबरको कारोवार भएको छ । आज ५ वटा कम्पनीको मात्र १ करोडमाथिको शेयर खरिद बिक्री भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ५० लाख ७४ हजार, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु एक करोड २२ लाख २४ हजार ५९४, नेपाल बैंक लिमिटेड रु एक करोड १४ लाख, एनआइसी एशिया बैंक रु एक करोड ४१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
प्राविधिक विश्लेषण:
पहिलो प्रतिरोध : ११६० पहिलो टेवा : ११४७
- आज नेप्सेमा उतारचढाब कम रहेको छ । अघिल्लो कारोबार दिनभन्दा आज कारोबार घटेको छ ।
- आजको कारोबारले “डोजी” मैनबत्ती आकृति बनाएको छ । यसले बजारमा माग र आपूर्ती लगभग बराबर अवस्थामा रहेको जानकारी गर्दछ ।
- दैनिकी अवधिमा “आरएसआई” ५९ दशमलब ७२ को बिन्दुमा छ । आरएसआई अक्सिलेटरले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको जानकारी गराएको छ ।
- “एडिएक्स” को जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स” हरुले आपूर्ती बढीरहेको संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले बजार अन्योल अवस्थामा रहेको संकेत गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध ११६० मा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११४७ मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डमाथि अस्ट्रेलीयाको रोमाञ्चक जित
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
आइतबारको आकस्मिक समयः केबलकार, पूर्वराजाको अभिव्यक्ति र उडिसा घटनामा सांसदको जोड
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
आइतबारको आकस्मिक समयः केबलकार, पूर्वराजाको अभिव्यक्ति र उडिसा घटनामा सांसदको जोड
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार