चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २, २०७६ बुधबार १३:५८:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/tarkari1-e1576636113911_ScRnqK19Pb.jpeg)
२ पुस भरतपुर । चितवनमा विषादी अवशेष दु्रत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । भरतपुर–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण मङ्गलबारदेखि शुरु गरिएको छ । प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा आएको हो ।
प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक आठ-दशवटा फरक–फरक ठाउँबाट नमूना लिएर परीक्षण गर्नेछ । एउटा परीक्षण गर्न आधा घण्टा हाराहारी लाग्ने गर्दछ । परीक्षण गर्दा खान अयोग्य देखिएमा बिक्री गर्न बन्देज लगाइने छ ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार परीक्षण विधिलाई ‘आरबीपीआर’ ‘विषादी अवशेष दु्रत विश्लेषण’ भनिन्छ । यसमा ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ । प्रयोगशाला शुभारम्भका दिन लौकामा गरिएको परीक्षणमा २० प्रतिशत मात्रै देखिएको ढकालले जानकारी दिए ।
प्रारम्भिक परीक्षणमा बोडी र भण्टामा बढी विषादी पाइएको उनले बताए। प्रदेश सरकारको उपकरण, कृषि प्रवद्र्धन बजार विकास प्रालिको स्थान, भरतपुर महानगरपालिकाको स्थानको व्यवस्थापन एवं आवश्यक रसायनसँगै कृषि ज्ञान केन्द्र र महानगर मिलेर कर्मचारी व्यवस्थापन गर्नेछन् ।
फलफूल तथा तरकारीको परीक्षण हुने भएकाले यसअघि नै विषादी प्रयोग नगर्न कृषकलाई भनिएको महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले बताए । उनका अनुसार बजारमा दैनिक १५० टन तरकारी र ५० टन हाराहारी फलफूल आउने गर्दछ । चीन र भारतबाट पनि यहाँको बजारमा फलफूल र तरकारी आउँछ ।
प्रदेश सरकारले चितवनमा जस्तै हेटौँडा, ललितपुर, नुवाकोट र काभ्रेको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न आवश्यक उपकरण र सामग्री हस्तान्तरण गरेको छ । पाँच स्थानका लागि रु एक करोड ८० लाखको लागतमा उपकरण, प्रयोगशाला सामग्री र रसायनलगायत खरिद गरिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा योगन्द्रकुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार प्रयोगशालासँग प्रतिघण्टा तरकारी र फलफूलको ३० वटासम्म नमूना परीक्षण गर्ने क्षमता रहेको छ । पाँचवटै प्रयोगशालाका लागि तीन–तीन जना प्राविधिकलाई प्रयोगशाला सञ्चालनसम्बन्धी तालिम दिइएको छ भने दुई–दुई जना युवा कृषि स्वयंसेवकलाई खटाउने मन्त्रालयले जनाएको छ ।
प्राङ्गारिक उत्पादनका लागि अभियान
प्रदेश नं। ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले प्राङ्गारिक तरकारी उत्पादनका लागि अभियान चलाउने बताए । विषादी अवशेष परीक्षण प्रयोगशालाको उद्घाटन कार्यक्रममा उनले विषादीरहित उत्पादन बढाउन गाउँगाउँमा अभियान चलाइने बताए ।
उनले भने, “विषादी भएको तरकारी हामीले नै खाने हो भन्ने थाहा हुँदाहुँदै पनि प्रयोग गरिरहेका छांँ, जसले गर्दा क्यान्सरजस्ता प्राणघातक रोगहरु बढिरहेका छन् ।” विषादी परीक्षण गर्नै नपर्नेगरी प्राङ्गारिक उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।
चितवनमा उत्पादन भएको तरकारी देशभरका नागरिकले उपभोग गर्ने भएकोले संवेदनशील भएर काम गर्न उनको आग्रह थियो । उनले सबै नागरिकले स्वस्थ जीवन जीउने वातावरण बनाउने अभियानमा हातेमालो गर्नुपर्ने धारणा राखे। मन्त्री लामाले कृषि बजारबाट निस्कने कुहिएका फलफूलबाट प्राङ्गारिक मल उत्पादन गर्न सुझाव दिए ।
पछिल्लो समय कृषि क्षेत्रमा लाग्नेको लहर चलेको भन्दै उनले त्यसलाई सरकारले व्यवस्थित गर्न जरुरी रहेको उल्लेख गरे । सरकारले दिने अनुदान परिणामुखी र सिधै किसानसँग पुग्ने माध्यममा आफू केन्द्रित भएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार