शेयर बजारमा चहलपहल कम, आपूर्ती बढीरहेको संकेत
आर्थिक संवाददाता
पुस २, २०७६ बुधबार २१:५७:४२
२ पुष, काठमाडाैं । साताको चौथो कारोवार दिन नेप्से परिसूचक ३ दशमलव ३० अंकले घटेर ११५२ दशमलव ०७ को विन्दुमा दोश्रो बजार बन्द भएको छ । अघिल्लो साता शेयरबजारमा केही राम्रो चहलपहल भएपनि यो साता भने बजार पुन सुस्ताएको छ ।
कारोवार रकम भने सामान्य बढेको छ । कारोवार रकम हिजोभन्दा आज थोरै बढेर २९ करोड ४७ लाख पुगेको छ । आज १६५ कम्पनीका ९ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज ट्रेडिङ्ग उपसुचक बाहेक कुनैपनि उपसुचकमा १ प्रतिशत माथिको वृद्धि देखिएन । आज ट्रेडिङ्ग उपसुचक सर्वाधिक ३ दशमलव ७४ प्रतिशतको वृद्धि देखिएको छ । वाणिज्य बैंकहरुको उपसुचकमा आज शुन्य दशमलव १७ प्रतिशतको गिरावट देखिएको छ ।
आज ट्रेडिङ्ग , विकास बैंक र अन्य उपसुचकमा मात्र वृद्धि देखिएको छ । होटल कम्पनीहरुको उपसुचकमा सबै भन्दा धेरै २ दशमलव ४२ प्रतिशतको गिरावट आएको छ ।
आज बजारको खुला विन्दु ११५५ दशमलव ३३ रहेकोमा बजारको न्यून विन्दु ११५० दशमलव १४ थियो । बजारले न्यून विन्दु १ बजेर ५४ मिनेटमा समातेको थियो ।
बजारले ११ बजेर ४५ मिनेटमा ११५८ दशमलव १५ को उच्च विन्दु समातेको थियो । उच्च विन्दु समातेबाट नै बजारले माथिल्लो दिशा समात्न सकेको थिएन । आजको बजारमा बिक्री चाप नै रहेको प्रस्ट देख्न सकिन्छ ।
विशाल बजार कम्पनीका शेयरधनीले सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले कमाए भने दोश्रोमा नेपाल फाईनान्सका शेयरधनीले ९ दशमलव ५६ प्रतिशतले कमाए ।
हेरौं सर्वाधिक कमाउने ५ कम्पनी:
सर्वाधिक गुमाउनेको सुचीमा सबैभन्दा माथि नेपाल सेवा लघुवित्त रहेको छ । नेपाल सेवा लघुवित्तको बजार मूल्य ७ दशमलव ६९ प्रतिशतले घटेको छ ।
हेरौं सर्वाधिक गुमाउने ५ कम्पनी:
आज पनि एनएमबी बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । एनएमबी बैंकको ४ करोड ९० लाखको शेयर खरिदबिक्री भएको छ । आज ४ वटा कम्पनीको मात्र १ करोड माथिको शेयर खरिदबिक्री भएको छ । १ करोडमाथि कारोवार हुने कम्पनीमा एनएमबी बैंक, नेपाल बैंक, नबिल बैंक, साल्ट ट्रेडिङ्ग कर्पोरेशन रहेका छन् ।
प्राविधिक विश्लेषण:
पहिलो प्रतिरोध : ११५८ पहिलो टेवा : ११५०
- आज पनि नेप्सेमा उतारचढाब कम रहेको छ । अघिल्लो कारोबार दिनभन्दा आजको कारोबार बढे पनि १ करोड ५४ लाखको मात्र बृद्धि रहेको छ ।
- आजको मैनबत्ती बिश्लेषण अनुसार बजारमा माग र आपूर्ती लगभग बराबर अवस्थामा नै रहेको जानकारी गर्दछ ।
- दैनिकी अवधिमा “आरएसआई” ५७ दशमलब २६ को बिन्दुमा छ । आरएसआई अक्सिलेटरले बजार हालसम्म सकारात्मक क्षेत्रमा नै रहेको जानकारी गराएको छ ।
- “एडिएक्स” तथा जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स” हरुले आपूर्ती बढीरहेको संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारमा विक्रेता बढेको संकेत गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध ११५८ मा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११५० को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार