महालक्ष्मी विकास बैंकले घटायो खराब कर्जा, स्प्रेडदर घटाउने मुख्य चुनौती
आर्थिक संवाददाता
पुस ३, २०७६ बिहिबार १३:३३:४१
३ पुस काठमाडौं । महालक्ष्मी विकास बैङ्क लिमिटेडले यही कार्तिक २९ गते वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा कम्पनीले ८ प्रतिशत बोनस शेयर र ९ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी जम्मा १७ दशमलव ८९ प्रतिशत लाभांश पारित गरेको छ ।
कम्पनीको लाभांशको इतिहास:
कम्पनीले आर्थिक वर्ष ०७५/७६को मुनाफाबाट १७ दशमलव ८९ प्रतिशत लाभांश दिएकोमा गत आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले १५ प्रतिशत लाभांश प्रदान गरेको थियो । विगत ५ वर्षमा कम्पनीले लाभांशको दर वृद्धि गर्दै लागेपनि अर्को वर्ष भने लाभांशको दरलाई सन्तुलनमा राख्न चुनौती थपिएको छ ।
हेरौ कम्पनीको ५ वर्षको लाभांशको ईतिहास:
प्रथम त्रैमास कस्तो आयो ?
महालक्ष्मी विकास बैङ्कले आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद मुनाफा सामान्य १ प्रतिशतले मात्र वृद्धि भएको छ भने प्रतिशेयर आम्दानीमा ६ प्रतिशतको गिरावट आएको छ ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा वृद्धि:
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद ब्याज आम्दानीमा ६० प्रतिशतको वृद्धि देखिएको छ । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा २५ करोड १८ लाख खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ४० करोड ३० लाख खुद व्याज आम्दानी गरेको थियो ।
खुद मुनाफामा सामान्य वृद्धि :
गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५६ लाख खुद मुनाफा गरेको कम्पनीले अहिले भने १० करोड ६८ लाख खुद मुनाफा गरेको छ । यसरी खुद मुनाफामा नगन्य १ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीको प्रमुख आम्दानीको श्रोत ६० प्रतिशतले वृद्धि भए तापनि कर्जा व्यवस्थापन शिर्षकमा ७ करोड ९८ लाख व्यवस्थापन गर्नु परकोले खुद मुनाफामा केही असर परेको छ । गत वर्ष प्रथम त्रैमासमा ४ करोड ४ लाख रकम सो शिर्षकबाट फिर्ता आएको थियो ।
प्रतिशेयर आम्दानीमा गिरावट:
पुँजी ८ प्रतिशतले वृद्धि भएको र खुद मुनाफामा १ प्रतिशतको वृद्धि देखिएकाले कम्पनीको प्रतिशेयर आम्दानी ६ प्रतिशतले घटेको छ । कम्पनीको प्रकाशित प्रतिशेयर आम्दानी १३ रुपैंया ९२ पैसा रहेको छ । गत वर्ष प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैंया ८६ पैसा थियो ।
जगेडा कोष स्थिर, संचित मुनाफा घट्यो :
कम्पनीको जगेडा कोष स्थिर रहेको छ । अहिले जगेडा कोषमा १ अर्ब ३४ करोड रकम पुगेको छ । संचित मुनाफा भने ८८ प्रतिशतले घटेर ६ करोड २० लाख पुगेको छ । शेयर प्रिमियम शिर्षकमा भने कुनै रकम छैन ।
निक्षेप कर्जा कस्तो ?
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन १० प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह भने ५ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३३ अर्ब ५६ करोड निक्षेप संकलन गरी २७ अर्ब ५३ करोड कर्जा प्रवाह गरेको छ ।
खराब कर्जा घट्यो :
गत वर्ष प्रथम त्रैमासमा ३ दशमलव ३९ प्रतिशत रहेको खराब कर्जा अहिले भने २ दशमलव ८५ प्रतिशत पुगेकाे छ ।
कम्पनी र दोश्रो बजार:
मूल्य आम्दानी अनुपात ११ गुणा:
कम्पनीको पुष २ गतेको बजार मूल्य १७७ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १२ दशमलव ७१ गुणा आउँछ । लाभांश प्रस्ताव गरेरे बुक क्लोज आउँन बाँकी केही विकास बैंकको मूल्य आम्दानी अनुपात १२ दशमलव ७१ भन्दा कम रहेको छ ।
वास्तविक मूल्य (Fair Value):
कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९२ पैसा र किताबी मूल्य १४५ रुपैयाँ ७५ पैसालाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य २१३ रुपैयाँ हुन आउँछ । यसको आधारमा अहिलेको कम्पनीको बजार मूल्य १७७ लाई हेर्दा कम्पनीको बजार मूल्य वास्तविक मूल्य भन्दा थोरैमा कारोवार भएको छ । कम्पनीको पुष २ गतेको बजार मूल्य उसको वास्तविक मूल्य भन्दा प्रतिकित्ता ३७ रुपैयाँ सस्तो देखिन्छ ।
मूल्य र किताबी मूल्यको आधारमा:
कम्पनीको दोश्रो बजारको मूल्य र किताबी मूल्यको अनुपात निकाल्दा कम्पनीको अनुपात १ दशमलव २१ गुणा आउँछ । बेन्जामिन ग्रामले सो अनुपात १ दशमलव ५ गुणा भन्दा धेरै भएका कम्पनीलाई “ओभर भ्यालूड” क्षेत्रमा राखेको देखिन्छ । यो शुत्र प्रयोग गर्दा कम्पनीको बजार मूल्यलाई कम्पनीको आधारभुत हिसाबसँग दाँजेर हेर्दा कम्पनी “अण्डर भ्यालुड” क्षेत्रमा देखिन्छ ।
निस्कर्ष:
कम्पनीले आर्थिक वर्ष ०७५/७६ मा आकर्षक लाभांश दिएपनि कम्पनीले अहिले त्यति आक्रामक रुपमा मुनाफा वृद्धि गर्न सफल भएको छैन । आक्रामक रुपमा मुनाफा वृद्धि गर्न नसक्दा कम्पनीको प्रतिशेयर आम्दानीमा गिरावट आएको छ । रास्ट्र बैंकले असार मसान्तसम्म ५ प्रतिशतको स्प्रेडदर कायम गर्नुपर्ने भएपनि प्रकाशित स्प्रेड दर ५ प्रतिशत भन्दा माथि पुगेको छ । स्प्रेड दरलाई घटाउनु बैंकलाई चुनौती थपिएको छ । बैंकको प्रकाशित स्प्रेड दर ५ दशमलव ४३ प्रतिशत रहेको छ ।
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ। – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार