प्रहरीलाई घुसदिने गोरु तस्कर प्रहरीको फन्दामा
नेपालबहस संवाददाता
पुस २, २०७६ बिहिबार ०:५६:५२
२ पुष, स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई घुस दिने गोरु तस्कर आफैं फन्दामा परेका छन् । मंगलवार गोरुको ओसारपासार गर्ने भन्दै स्याङ्जाको वालिङस्थित वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेलाई रकम दिएपछि ती व्यापारी प्रहरीको नियन्त्रणमा परेका हुन् ।
रुपन्देही जिल्ला बसन्तपुर गाँउपालिका ४ स्थायी घर भएका जहरुदिन मियाँलाई प्रहरीले नियन्त्रणमा लिएर रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा बुझाइएको जिल्ला प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए । वडा प्रहरी कार्यालय वालिङमा प्रहरी निरीक्षकको कक्ष नम्वर १ मा मियाँले गोरु ओसारपसारमा सहयोग गरिदिन भन्दै १५ हजार रकम टेवलमा राखिदिएका थिए ।
कार्यकक्षमा काम गरिरहेका प्रहरी निरीक्षक घिमिरेलाई रकम टेबुलमा राखिदिएपछि प्रहरीले रकमसहित मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । रकम लेनदेनको अवस्था भएकाले यो अख्तियारलाई बुझाएको प्रहरी प्रमुख जिसीले बताए । वालिङ ८ मा विगत २० बर्षदेखि मियाँले भैसीको मासुको व्यापार गर्दै आएका थिए । मियाँले आफुलाई सहयोग हुन्छ भनेर रकम दिएको उनले स्विकारेका छन् । प्रहरीले रकम नमागेको तर आफुलाई रकम दिएपछि प्रहरीबाट सहयोग हुन्छ भन्ने लागेर रकम दिएको मियाँले बताए
। मंगलबार नै प्रहरीले रकमको मुचुल्का, मेडिकल र थप अनुसन्धानका कागजात तयार गरि अख्तियारलाई बुझाएको छ । एकैचोटी मेरो कार्यकक्षमा मियाँ आए, प्रहरी निरीक्षक घिमिरेले भने,“म गोरुको कारोवार गर्न लागेको छु हजुरलाई यो थोरै सहयोग हो भन्दै टेवुलमा रकम राखे ।” म त अलमल परे र तत्काल उनलाई रकमसहित नियन्त्रणमा लिएको हो, घिमिरेले भने ।
प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर तस्करी गर्न खोज्ने मियाँलाई प्रहरीले पक्राउ गरेको प्रति स्थानीयले प्रशंशा गरेका छन् ।प्रहरीलाई रकम दिएर तस्करीदेखि अन्य धन्दा गर्न सकिन्छ भन्ने मानसिकता बोकेकाहरुका लागि यसले राम्रो सन्देश दिएको स्थानीयको भनाई छ । प्रहरीलाई घुस दिन खोज्ने पक्राउ पर्नु स्याङ्जामा भने यो पहिलो घट्ना हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालुवाटारमा कांग्रेस नेतालाई प्रधानमन्त्री प्रचण्डको निम्तो
जेठ ४, २०८१ शुक्रबार
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
जेठ ४, २०८१ शुक्रबार
निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार