२१ दिनपछि काठमाडौँ विश्वविद्यालयको ताला खुल्यो
नेपालबहस संवाददाता
पुस २, २०७६ बिहिबार ३:५५:५८
२ पुस बनेपा । काठमाडौँ विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला २१ दिनपछि आज खुलेको छ । यसअघि काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घ र काठमाडौँ विश्वविद्यालय कर्मचारी सङ्घ दुवैले आफूहरुसँग काठमाडौँ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकार सम्पन्न वार्ताटोलीबीच २०७६ भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिनहरु, प्राध्यापकहरु तथा कर्मचारीको उपस्थितिमा भएको सम्झौता कार्यान्वयनका लागि पटक÷पटक स्मरण गराउँदा पनि बेवास्ता गरेको भन्दै ताला लगाएको थियो ।
मङ्गलबार बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकमा आन्दोलनरत प्राध्यापक सङ्घ र कर्मचारी सङ्घबीच भएको निर्णय पूर्णपालना गर्ने मौखिक सहमति भएपछि आन्दोलनरत पक्षले नै आज ताला खोलेको काठमाडौँ विश्वविद्यालयका सूचना प्रमुख डा हेमराज काफ्लेले बताए ।
“हिजो भएको बैठकमा उनीहरुलाई पनि बोलाएर छलफल भएपछि त्यही आधारमा आज उनीहरुले नै ताला खोलेको भन्ने कुरा आएको छ”, सूचना प्रमुख काफ्लेले भने ।
काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति डा. बेदमणि दाहालले मङ्गलबार बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकमा दुवै सङ्घलाई बोलाएर बैठक बसेको र त्यसमा विगतमा गरिएका सबै सम्झौता पूर्ण कार्यान्वयन गर्ने भनिएपछि आज ताला खुलेको बताए ।
“कतिपय मागहरु विश्वविद्यालय सभामा प्रस्ताव लानुपर्ने भएकाले सो सभामा प्रस्ताव पेश गर्ने र बाँकी सम्झौताहरु कार्यान्वयन गर्दै जाने भनेर छलफल भएपछि हामीले ताला खुलेका हौँ”, दाहालले भने, “विश्वविद्यालयको दीक्षान्त समारोहलाई सहज बनाउन पनि सहमति अनुसारको कार्यान्वयन गर्दै जाने भनेर आग्रह गरेको कारण पनि ताला खुलेको हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार