कारोवार रकममा किन आयो बृद्धि, प्राविधिक विश्लेषणले के देखाउँछ ?

आर्थिक संवाददाता
पुस ३, २०७६ बिहिबार २२:५८:४६

३ पुष, काठमाडाैं । एनएमबी बैंकको लाभांश प्रयोजनका लागि शेयर किन्ने आज अन्तिम दिन भएकाले आज बैंकको १२ करोड माथिको शेयर किनबेच भएको छ । कारोवार रकम वृद्धि हुँदै ४१ करोड ९० लाख पुगेको छ ।
साताको अन्तिम कारोवार दिन नेप्से परिसूचक २ दशमलव ४२ अंकले घटेर ११४९ दशमलव ६४ को विन्दुमा दोश्रो बजार बन्द भएको छ । आज १७२ कम्पनीका १२ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज ट्रेडिङ्ग र उत्पादनमुलक कम्पनीहरुको उपसुचक बाहेक कुनै पनि उपसुचकमा १ प्रतिशत माथिको वृद्धि देखिएन ।आज उत्पादन मुलक कम्पनीहरुको उपसुचक सर्वाधिक १ दशमलव ८८ प्रतिशतको वृद्धि देखिएको छ ।
वाणिज्य बैंकहरुको उपसुचकमा आज शुन्य दशमलव १९ प्रतिशतको गिरावट देखिएको छ । आज ट्रेडिङ्ग, होटल, हाइड्रोपावर, फाइनान्स, म्युचअल फण्ड र उत्पादन मुलक कम्पनीहरुको उपसुचकमा मात्र वृद्धि देखिएको छ ।
आज निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा सर्वाधिक ० दशमलव ८ प्रतिशतको गिरावट देखिएको छ ।
आज शेयरबजारको न्यून विन्दु ११४८ दशमलव ३६ थियो । बजारले न्यून विन्दु २ बजेर १८ मिनेटमा समातेको थियो । बजारले ११ बजेर २५ मिनेटमा ११५४ दशमलव २८ को उच्च विन्दु समातेको थियो । उच्च विन्दु समातेबाट नै बजारले माथिल्ल्लो दिशा समात्न सकेको थिएन । बजारमा बिक्री चाप नै रहेको प्रस्ट देख्न सकिन्छ ।
नेपाल फाईनान्सकाका शेयरधनीले सर्वाधिक ९ दशमलव ४० प्रतिशतले कमाए भने दोश्रोमा शिवम सिमेण्ट्सका शेयरधनीले ६ दशमलव ७६ प्रतिशतले कमाए ।
हेरौं सर्वाधिक कमाउने ५ कम्पनी:
सर्वाधिक गुमाउनेको सुचीमा सबैभन्दा माथि दिब्यश्वोरी हाईड्रोपाव्रर रहेको छ । दिब्यश्वोरी हाईड्रोपावरको बजार मूल्य ६ दशमलव ७७ प्रतिशतले घटेको छ ।
हेरौं सर्वाधिक गुमाउने ५ कम्पनी:
आज पनि एनएमबी बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । एनएमबी बैंकको १२ करोड ३१ लाखको शेयर खरिदबिक्री भएको छ । आज ६ वटा कम्पनीको मात्र १ करोड माथिको शेयर खरिदबिक्री भएको छ । १ करोड माथि कारोवार हुने कम्पनीमा एनएमबी बैंक, प्राईम कमर्सियल बैंक, नेपाल बैंक, नेपाल लाईफ इन्स्योरेन्स, शिवम सिमेण्ट्स र नबिल बैंक रहेका छन् ।
प्राविधिक विश्लेषण:
पहिलो प्रतिरोध : ११५५ पहिलो टेवा : ११४८
- आज नेप्सेमा उतारचढाव कम रहे पनि अघिल्लो कारोबार दिनभन्दा आजको कारोबार बढेको छ ।
- आजको मैनबत्ती बिश्लेषण अनुसार बजारमा मागभन्दा आपूर्ती केहि बढेको छ ।
- दैनिकी अवधिमा “आरएसआई” ५५ दशमलब ४५ को बिन्दुमा छ । आरएसआई अक्सिलेटर हाल तटस्थ क्षेत्र भन्दा माथि रहेको छ ।
- “एडिएक्स” तथा जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स” हरुले आपूर्ती बढीरहेको संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारमा विक्रेता बढेको संकेत गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध ११५५ मा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११४८ को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डमाथि अस्ट्रेलीयाको रोमाञ्चक जित
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
रौतहटमा अवैध सालको काठसहित २ जना पक्राउ
फागुन ११, २०८१ आइतबार
जसपाको केन्द्रीय कार्यालय ग्वार्को चोकमा
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
रौतहटमा अवैध सालको काठसहित २ जना पक्राउ
फागुन ११, २०८१ आइतबार
जसपाको केन्द्रीय कार्यालय ग्वार्को चोकमा
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
रौतहटमा अवैध सालको काठसहित २ जना पक्राउ
फागुन ११, २०८१ आइतबार
जसपाको केन्द्रीय कार्यालय ग्वार्को चोकमा
फागुन ११, २०८१ आइतबार