कांग्रेस भित्रको विवाद, एक अर्कालाई गलाउने रणनीति
कुसुम सेञ्चुरी
पुस ३, २०७६ बिहिबार २३:२२:४९
३ पुष, काठमाडौं । नेपाली कांग्रेस भित्रको पछिल्लो विवादले निकास नपाएसँगै अन्यौल र अनिश्चयको बादल भने मडारिन थालेको छ । पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र विभाग थप एवं केही भातृसंस्थाको नेतृत्व चयनको विषयमा विवाद चर्किएको हो ।
विवाद चुलिएसँगै पार्टीको निर्धारित कार्यसमिति बैठक नै बस्न सकेको छैन । गत विहीबारका लागि डाकिएको कार्यसमिति बैठकमा असन्तुष्ट पक्ष उपस्थित नभएकाले औपचारिक रुपमा सम्पन्न हुन नसकेको हो । संस्थापन र असन्तुष्ट पक्ष भने एकआपसलाई गलाउने रणनीतिमा अडिग देखिएका छन् ।
तेस्रो धारको प्रतिनिधित्व गर्ने अर्का नेता कृष्णप्रसाद सिटौला पनि अहिले संस्थापन पक्षसँग टाढै छन् । उनको समूहले समेत केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ ।
समस्याको चुरो भनेको महाधिवेशनको कार्यतालिका मात्र होइन । यस सम्बन्धमा संस्थापन र असन्तुष्ट पक्षले पटकपटक वार्ता गरिसकेका छन् । साथै सहमति जुटाउने बिन्दू पनि फेला पारिसकेका छन् । तर नमिलेको कुरा चाहिं नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समिति नै हो ।
असन्तुष्ट पक्षले कम्तिमा एउटाको नेतृत्व पाउनु पर्ने र निश्चित प्रतिशत भागबण्डा पाउनुपर्ने माग गरेको छ । तर संस्थापन पक्ष भने दुवैको नेतत्व आफैं राख्ने अनि सकेसम्म थोरै भाग दिने मनस्थितिमा छ । त्यसैले अब पनि वैठकमा नआए बहुमतीय आधारमै निर्णय गर्ने सन्देश संस्थापन पक्षबाट संप्रेषण हुन थालेको छ ।
सधैं भागवण्डामा सहमति गर्दा आफ्नो पक्ष कमजोर भएको भन्दै युवा नेताहरुले यसपाली मुद्धामा मात्र सहमति गर्न पौडेललाई निरन्तर दवाव सिर्जना गरिरहेका छन् । संस्थापन पक्षले तरुण दलमा महामन्त्री भूपेन्द्रजंग शाहीलाई पुनः नल्याउने प्रस्ताव गरेकोमा पौडेल पक्षीय युवा नेताले आपत्ति जनाएका छन् ।
त्यस्तै असन्तुष्ट पक्षले पनि संस्थापन पक्ष बहुमतले पेल्ने मनस्थितिमा भए आफूहरु पनि समानान्तर समिति बनाएर अघि बढ्ने बताइरहेका छन् । दुबै पक्षको तानातानमा निर्णायक हुने गरेको सिटौला समूह यसपाली रामचन्द्र पौडेल नजिक देखिएको छ । त्यसैले उनको समर्थन नलिई बहुमतकै भरमा अघि बढ्न मुश्किल भएको बुझाई संस्थापन पक्षको रहेको छ । सिटौलाकै आग्रहमा संस्थापन पक्षले कार्यसमिति वैठक दुईपटक स्थगन गरेको बताइरहेको छ ।
भोलि शुक्रबार पनि अपरान्ह् १ बजेका लागि बैठक डाकिएको छ । तर सानेपास्थित केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघको धर्ना र अनशन जारी छ । यो विवाद नमिलाई बैठक गर्न दुबै पक्षलाई सकस छ । त्यसैले बाहिर जे भनेपनि भित्रभित्रै भने समस्याको हल खोजेर मात्रै बैठकमा जाने निश्कर्षमा दुबै पक्ष रहेका छन् ।
आज पनि संस्थापन पक्षबाट पौडेललाई मनाउन दवाव परेको थियो । विहानै उपसभापति विजयकुमार गच्छदार पौडेल निवास पुगेर मिल्न आग्रह गरे । सधैं भागबण्डामै सहमति हुने परिपाटी रहेकाले मिलाएर भाग लिन उनले पौडेललाई आग्रह गरेका थिए । तर पौडेलमाथि यसपाली भने ठूलै दवाव सिर्जना भईरहेको छ ।
सधैं भागवण्डामा सहमति गर्दा आफ्नो पक्ष कमजोर भएको भन्दै युवा नेताहरुले यसपाली मुद्धामा मात्र सहमति गर्न पौडेललाई निरन्तर दवाव सिर्जना गरिरहेका छन् । संस्थापन पक्षले तरुण दलमा महामन्त्री भूपेन्द्रजंग शाहीलाई पुनः नल्याउने प्रस्ताव गरेकोमा पौडेल पक्षीय युवा नेताले आपत्ति जनाएका छन् ।
गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियार लगायतका नेताले भूपेन्द्रलाई पूर्व अवस्थामै पुन:वहाल नगराउने हो भने पौडेललाई समेत साथ नदिने चेतावनी दिइसकेका छन् । यसले गर्दा नेता पौडेल सित्तिमित्ति सहमति गर्न सक्ने अवस्थामा छैनन् ।
तर जेसुकै भएपनि अहिलेको बेला एकतावद्ध नभइ कार्य समिति बैठक डाक्ने अवस्थामा कोही पनि छैनन् । त्यसैले एक दुई दिन ढिला भएपनि अन्ततः एकताबद्ध भएरै कार्यसमितिले निर्णय गर्ने विश्वास प्रवक्ता शर्माले समेत व्यक्त गरेका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
रामचन्द्र पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त
मंसिर २८, २०८१ शुक्रबार
जसपा नेपालका तीन वटा नगर समिति पुनर्गठन
मंसिर २८, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार