ग्रीसमा आप्रवासी शरणार्थीमाथि अश्रुग्यास प्रहार
नेपालबहस संवाददाता
पुस ३, २०७६ शुक्रबार ३:५:५९
३ पुस एजेन्सी । आप्रवासी शरणार्थीले शिविरमा अत्यधिक भीड भएको भन्दै व्यवस्थापनका लागि माग गर्दै गरेको प्रदर्शनमा ग्रीकको सामोस टापूमा बिहीबार प्रहरीले शरणार्थीमाथि अश्रुग्यास प्रहार गरेको राज्य सञ्चालित समाचार संस्था एएनएले जनाएको छ ।
खासगरी अफ्रिकाबाट शरणार्थीका रूपमा यूरोप पुगेका शिविरमा बस्दै आएका आप्रवासीहरूले शिविर नजिकैको सडकलाई अवरूद्ध गरेपछि प्रहरीले सडक खाली गर्ने क्रममा केही व्यक्तिले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका र प्रतिक्रियामा प्रहरीले अश्रुग्यास प्रहार गरी भीड नियन्त्रण गरेको एएनएले बताएको छ ।
सामोसमा ग्रीस भएर यूरोप तथा अमेरिका जाने शरणार्थीहरूलाई राखिएका पाँचमध्ये एक शरणार्थी शिविर रहेको छ । ग्रीसमा विभिन्न देशबाट टर्की हुँदै शरणार्थीहरू पुग्ने गरेका छन् ।
अत्यधिक ६५० जनाका लागि व्यवस्था गरिएको सामोस शिविरमा करिब सात हजार ५०० शरणार्थी राखिएपछि उनीहरूले शिविर व्यवस्थापनका लागि माग गर्दै सडक अवरूद्ध गरेका थिए । शिविरमा सुविधा नपुगेपछि उनीहरूले पाल टाँगेर बोरा ओडी रात विताउनु परेको भन्दै उनीहरू आन्दोलित भएका बताइएको छ ।
ग्रीसको सरकारले शरणार्थीलाई कम्तीमा पाँच हजार क्षमताको शिविर निर्माण गरी राख्न दिएको निर्देशनलाई स्थानीय अधिकारीले शरणार्थीको सङ्ख्या र शिविरको क्षमता बढाउने नभै उनीहरूलाई त्यहाँबाट हटाउनुपर्ने भन्दै निर्देशनलाई अटेर गर्दै आएका छन् । सामोसका नगर प्रमुख यौरगोस सान्जोसले सरकारले नयाँ शिविरको योजना नरोकेमा आफूले पदबाट राजीनामा दिने चेतावनी दिए ।
मङ्गलबार स्थानीय समाचार संस्था सामोस डटकम जीआरले सान्जोसले आप्रबासी शरणार्थीलाई शिविरबाट बाहिरिन चर्को स्वरमा गरेको निर्देशन र आक्रोशपूर्ण अभिव्यक्तिपछि उनीहरूलाई धकेलेको समाचार प्रकाशित गरेको थियो ।
नगर प्रमुखले भने, “उनीहरू ‘शरणार्थी’ले हाम्रो भूमि ओगटेका छन् । उनीहरूले यो क्षेत्र छोड्नुपर्छ । अर्को समाधान छैन ।” उनले शरणार्थीको एक समूहले पाँच कारमा आगजनी गरेको भन्दै सुरक्षाका लागि उनीहरूलाई हटाउनुपर्ने बताएका थिए । यसै विवादपछि शरणार्थी सडकमा उत्रिएका हुन् ।
यूरोप छिर्नका लागि आप्रबासीहरूले सामोस लगायतका नाकाहरूको प्रयोग गर्ने गरेका छन् । राष्ट्रसंघ शरणार्थी नियोगले ग्रीसको बाटो यूरोप आउने शरणार्थी सङ्ख्यामा विगत केही बर्षमा कमी आएको भएपनि यस बर्ष समूद्रको बाटो ५५ हजार र टर्की हुँदै जमीनको बाटो १४ हजार शरणार्थी ग्रीस पुगेका तथ्याङ्क छ ।
शिविरमा पुगेका अधिकारकर्मी तथा चिकित्सकले शिविरमा शरणार्थीको अवस्था निकै दयनीय रहेको बताएका छन् । स्थानीय तथाकथित सम्पन्न व्यक्तिले खासगरी शिविरमा रहेका महिला तथा बालबालिकालाई यौन शोषण गर्ने गरेको शरणार्थीलाई उद्धृत गर्दै चिकित्सक तथा अधिकारकर्मीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आ-आफ्ना बालबालिका
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य बढ्यो
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै लखन गाउँपालिका
मंसिर १४, २०८१ शुक्रबार