प्राइम र कैलाश विकास बैंक एक्वायर भएर कारोबार गर्ने तयारीमा, ९४ : १०० को स्वाप रेसियो
नेपालबहस संवाददाता
पुस ४, २०७६ शुक्रबार १७:२:४९
४ पुष, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आगामी पुष २५ गते विशेष साधारण सभा बोलाएको छ । कैलाश विकास बैंकलाई प्राप्ति गर्ने र लाभांश पारित गर्ने उद्देश्यले साधारण सभा बोलाउन लागिएको बैंकले जानकारी दिएको छ ।
राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्गमा बिहान १० बजेदेखि शुरु हुने सभामा संचालक, व्यवस्थापन समुहका प्रमुखहरु, संस्थापक शेयरधनी र साधारण शेयरधनीलाई आह्वान गरिएको छ ।
सो सभामा कैलाश विकास बैंकलाई प्राप्ति गर्न डीडीए प्रतिवेदनलाई आधार मानिएको छ । जस अनुसार कैलाशको १०० कित्ता बराबर प्राइमको ९४ कित्ता शेयर स्वाप रेसियो पारित गर्ने तयारी छ । सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु बैंकले अगाडि सारेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुष १४ गते एक दिनका लागि शेयर दाखिल खारेज दर्ता बन्द गर्नेछ । पुष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात् ११ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ । प्राइम बैंकले कन्काई विकास बैंकलाई प्राप्ती गरेर भदौ २९ गते आइतबारदेखि एकीकृत कारोबारको थालेको थियो ।
प्राइम र कैलाश विकाश बैंक अबको दुई महिना भित्र एक्वायर भएर संयुक्त कारोबार गर्ने तयारीमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
दलित समुदायलाई पहिलोपटक बजेट
जेठ १५, २०८१ मंगलबार
श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने
जेठ १५, २०८१ मंगलबार
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोट पत्ता लाग्यो
जेठ १५, २०८१ मंगलबार