सञ्चारमन्त्री बाँस्कोटा भन्छन्, पाँच वर्षभित्र गरीबी दर ३ प्रतिशतले घट्छ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ४, २०७६ शनिबार ०:०:७
![](https://nepalbahas.prixacdn.net/media/albums/Gokul-baskota-1_X2oM9pZZts.jpg)
४ पुस काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र गरीबी दर तीन प्रतिशतले घटाएर १५ प्रतिशतमा झारिने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकद्वारा आयोजित ‘गुणस्तरीय शिक्षा : आजको आवश्यकता’ विषयको एकदिने प्राध्यापक गोष्ठीलाई आज बनेपामा सम्बोधन गर्दै उनले १८ प्रतिशतको गरीबी पाँच वर्षभित्र १३ प्रतिशतमा झारिने बताए ।
सरकारका प्रवक्ताले भने, “पाँच वर्षभित्र गरीबीलाई १५ प्रतिशतमा झार्छौँ, जनशक्तिलाई उत्पादनसँग जोडेपछि यो सम्भव छ ।” नेपालको व्यापार घाटा घटाउन कृषिमा व्यापकरूपले आधुनिकीकरण गर्दै तीव्रता दिइने र अनुसन्धानतर्फ स्रोत र सीमालाई प्रवद्र्धन गर्दै लैजाने उनको धारणा थियो ।
मन्त्री बाँस्कोटाले शिक्षामार्फत श्रमलाई उत्पादनको सम्बन्धसँग जोडेपछि मात्रै राष्ट्रिय पूँजी निर्माण हुने दोहो¥याए । “हामी नीति–निर्माणको चरणमा छौँ, नीति पनि कार्यान्वयन गर्न समय लाग्छ, अनि क्रमशः लागू हुँदै जान्छ”, उनले भने । भारतसँग रु १४ सय खर्बको व्यापारघाटा ब्यहोर्दै आइएकामा यस वर्ष पहिलो पटक रु एक खर्बको निर्यात हुन सफल हुने उनले जिकिर गरे ।
मन्त्री बाँस्कोटाले गुणस्तरीय शिक्षाभित्र ‘श्रमलाई सम्मान गर्नुपर्छ’ भन्ने चेतना दिन नसकेकामा दुखेसो पोखे । उनले भने, “उत्पादनका स्रोतसाधनलाई जनताको श्रम सम्बन्धसँग जोड्नुपर्दछ, जसमा सम्मान प्रमुख विषय हुन्छ ।” सरकारलाई रोजगारीको अवसर सिर्जना गरेन भनेर आलोचना गर्ने संस्कार बसेकाले गरगहना, प्लम्बिङ, पुनः प्रयोग हुने सामग्री सङ्कलन, मेशिनरी मर्मत, कपडा डिजाइनका काममा नेपाली जनशक्ति लाग्नुपर्ने आवश्यकतासमेत उनले औँल्याए।
मन्त्री बाँस्कोटाले सामुदायिक र निजी शिक्षा एउटै हुनुपर्ने बताउँदै भने, “उत्पादित जनशक्तिबीच शैक्षिक विभेद नभई दुई वर्ग जन्मनु हुँदैन, एउटै जनशक्तिलाई प्रतिस्पर्धात्मक भने बनाउनुपर्छ”, उनले भने । शैक्षिक संस्थाबाट उच्च प्रशासक, असल कृषक, नेता, चिकित्सक, इञ्जिनीयरलगायत जनशक्ति जन्मने भएकाले विद्यालयको शिक्षा गुणस्तरीय हुनु आवश्यक रहेको उनले बताए ।
मन्त्री बाँस्कोटाले शिक्षकले कर्तव्य र जिम्मेवारी पूरा नगर्दा ‘भ्रष्टाचार’ हुने बताए । उनले भने, “अब प्रधानाध्यापकसँग ‘करार सम्झौता’ हुनुपर्छ, रिजल्ट बिग्रेमा प्रधानाध्यापकले जिम्मेवारीबाट हट्नुपर्दछ, यसो भयो भने गुणस्तरीयतामा ढुक्क बन्न सकिन्छ ।” आर्थिक, सामाजिक, भौतिक तथा अन्तरराष्ट्रिय क्षेत्रमा शैक्षिक अवस्था कहाँ पुग्यो भनेर त्यसको अध्ययनबाट शिक्षामा थप सुधार गर्न सकिने उनले बताए । मन्त्री बाँस्कोटाले शिक्षाले आफ्नो देश र परिवेश दिलाउनुपर्ने उल्लेख गर्दै देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा शिक्षक दत्तचित्त रहनुपर्ने उनको धारणा थियो ।
काभ्रेपलाञ्चोकमा २९ विद्यालय पुनःनिर्माण भइसकेको जनाउँदै यस वर्ष मात्रै विद्यालयका लागि रु दुई अर्ब बजेट छुट्याइएको जानकारीसमेत उनले दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तर सम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई सितल चौतारीमा विशेष छुट
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार