रातमा सडक किनारामै सुत्ने दुई सय पन्ध्र बेसहाराको उद्धार
नेपालबहस संवाददाता
पुस ४, २०७६ शनिबार ३:२९:२१
४ पुस काठमाडौं । काठमाडौँ महानगरपालिकाले चार रातमा सडक किनारामै सुत्ने २१५ जना व्यक्तिलाई उद्धार गरेको छ । कामपाले आफ्नो २५ औँ वार्षिकोत्सवका अवसरमा गत मंसिर २९ गतेदेखि यही पुस २ गतेसम्म उद्धार अभियानमा चलाएको थियो ।
अभियान शुरु भएको पहिलो दिन सात महिला, ३४ पुरुष र एक बालक गरी ४२ जनाको उद्धार भएको थियो भने दोस्रो दिन १० महिला, ४५ पुरुष एक बालक र एक बालिका गरी ५७ जनालाई उद्धार गरिएको थियो । यही पुस १ गते ११ महिला, ३७ पुरुष र एक बालक गरी ४९ र पुस २ गते तीन महिला, ६४ पुरुष गरी ६७ जनालाई रातको समयमा काठमाडौँका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो ।
‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित ‘सहयोगापेक्षी’ मानवमुक्त महाअभियान घोषणा मूल व्यवस्थापन समिति’ को बैठकमा मानव सेवा आश्रमका प्रदेश नं ३ का इन्चार्ज सुमन बर्तौलाले उद्धार गरिएका मध्ये १२९ पुरुष, १४ महिला, १ बालक र १ बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको बताए।
उद्धार गरिएकामध्ये पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ । त्यस्तै ९ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार कार्य शुरु गरिएको जानकारी गराउँदै व्यक्तिको उद्धार पूर्वको अवस्थालाई तस्बिर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज दिउँसो देशभर आंशिक बदली हुने
जेठ २०, २०८१ आइतबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
टी-२० विश्वकपमा अमेरिकाको विजयी शुरुवात
जेठ २०, २०८१ आइतबार
पहिरोले पृथ्वीराजमार्गको दमौली–डुम्रे सडक अवरुद्ध
जेठ २०, २०८१ आइतबार
सुनसरीमा स्रोत नखुलेको एक करोडसहित १ जना पक्राउ
जेठ २०, २०८१ आइतबार
टी-२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य
जेठ २०, २०८१ आइतबार
आइसिसी टी–२० विश्वकपः अमेरिकामा नेपाली टोलीको स्वागत
जेठ २०, २०८१ आइतबार
सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै
जेठ २०, २०८१ आइतबार