चार लेनको पक्की पुल निर्माण कार्य तीव्र गतिमा
नेपालबहस संवाददाता
पुस ४, २०७६ शनिबार ३:३८:२७
४ पुस भीमदत्तनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । वर्ष दिनमा छ महिना ‘पुसदेखि जेठसम्म’ कामले गति लिने गरेको बताउँदै पुल निर्माण कम्पनीले रातिको समयमा पनि कामलाई निरन्तरता दिँदै आएको जनाएको छ । महाकाली पुल योजना कार्यालय भीमदत्तनगरले पुलको ३७ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ ।
चार लेनको पुलसँगै छ लेनको सडक र सडक पहुँच मागको निर्माण पनि धमाधम भइरहेको छ । पुल निर्माण कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी ‘सिएफसि’ का इञ्जिनीयर किशोरराज पाण्डेयले हिउँदमा कामले गति लिने गरेको भए पनि महाकालीको पानीको ठेगान नहुँदा काममा समस्या आउने गरेको बताए ।
“बिहान ठिकठाक काम गर्दा सवारीसाधन आवतजावत गरिरहेका हुन्छ”, उनले भने, “भारतीय पक्षले एक्कासि माथि उत्तरतर्फ रहेको शारदा ब्यारेजमा पानी छोडिदिँदा काम नै प्रभावित हुनेगर्छ ।” पुलको पहुँच मार्गअन्र्तगत पारि महाकाली नगरपालिकातर्फ केही स्थानीयको जग्गाको मुआब्जाको विवाद सिर्जना हुँदा पहुँच मार्ग बन्न सकिरहेको छैन । महाकालीपारि करीब डेढ किलोमिटर छ लेनको सडक बन्ने योजनामा रहेको छ ।
रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारको लगानीमा निर्माण भइरहेको पुलको अहिले केही भाग छत ढलानका लागि तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ । “स्ल्याप ढलानको तयारीदेखि पाइल खन्ने काम एक साथ अगाडि बढेको छ”, इञ्जिनीयर पाण्डेयले भने, “वर्षातमा बाढीले काम स्थगन हुँदै आएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार