विद्यार्थी ट्युसनको भरमा एसइईको तयारी गर्न बाध्य
नेपालबहस संवाददाता
पुस ५, २०७६ शनिबार २२:४९:२४
५ पुस बाँके । सरकारी उदासिनता र लापरवाहीका कारण अझै केही विद्यार्थी हचुवाको भरमा अध्ययन गर्न बाध्य छन् । उच्च शिक्षाको पहिलो खुड्किलो मानिने एसइई आउन तीन महिनामात्रै बाँकी भए पनि जिल्लाका केही विद्यालयमा शिक्षक अभावमा विद्यार्थीले पढ्न पाएका छैनन् ।
डुडुवा गाउँपालिकाका अधिकांश विद्यालयमा शिक्षकको अभाव देखिएको छ । शिक्षकको अभावले यहाँका विद्यालयमा गुणस्तरीय त परै जाओस् नियमित पढाइसमेत हुनसकेको छैन । गाउँपालिकाको राष्ट्रिय मावि वनकट्टीमा शिक्षकको अभावले विद्यार्थी पठनपाठनबाट पूर्णरूपमा बञ्चित भइरहेका छन् । पटक–पटक विद्यालय प्रशासनसँग शिक्षक माग गर्दा कहीँकतैबाट व्यवस्थापन हुन नसकेको बताइएको छ ।
विसं २०६६ मा मावि तहको पढाइ शुरु गरेको विद्यालयमा मावि तहमा एक पनि शिक्षकको दरबन्दी छैन । वर्षभरि लगाएर पूरा गर्नुपर्ने विषय ट्युसन र स्वःअध्ययनका भरमा परीक्षा दिनुपर्ने बाध्यता रहेको विद्यार्थीको भनाइ छ । मुख्य विषयको ट्युसन पढे पनि अन्य विषय घरमै अध्ययन गरेर परीक्षा दिनुपर्ने बाध्यता रहेको छ । शिक्षक अभावमा विद्यालयमा कार्यरत तल्ला तहका शिक्षकले बाध्यतावश कक्षा ९ र १० लाई पढाइरहेका छन् ।
एसइईको तयारीमा रहेका केही विद्यार्थी ट्युसनका भरमा स्वःअध्ययन गरिरहेका छन् । शिक्षक अभावमा आजित विद्यार्थीले शुक्रबार गाउँपालिकाको कार्यालयमै पुगेर शिक्षकको व्यवस्था गर्न माग गरेका छन् । पोशाकसहित पुगेका विद्यार्थीले तत्काल विद्यालयमा शिक्षक उपलब्ध हुनुपर्ने माग राखेका गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
गाउँपालिका अध्यक्षसँग विद्यार्थीले पढाइ नै नभएर आफूहरूको परीक्षाको नतिजा राम्रो नआउने गुनासो गर्दै तत्काल विषयगत शिक्षकको व्यवस्था गर्न माग गरेका थिए । यसको जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने भन्दै विद्यार्थीले विद्यालयका प्रधानाध्यापकसहितको टोलीसमक्ष तत्काल शिक्षकको माग गरेका छन् । परीक्षा आउन तीन महिनामात्रै बाँकी छ ।
राष्ट्रिय मावि वनकट्टीमा गणित, विज्ञान, अङ्ग्रेजीलगायत मुख्य विषयको पढाइ हालसम्म पनि भएको छैन । उक्त विद्यालय स्थापनाकालदेखि दरबन्दीविहीन छ । हरेक वर्ष शिक्षक माग गर्दै आए पनि अहिलेसम्म दरबन्दी पाउन नसकिएको विद्यालयका प्रधानाध्यापक मोहम्मद हुसेन खाँले बताए। सजिलो विषय तल्लो तहका शिक्षकले पढाउने गरे पनि विज्ञान, गणितलगायतका विषय शिक्षक अभावमा पढाइ हुनै नसकेको उनी बताउछन् । शिक्षक व्यवस्थापनका लागि गाउँपालिकाले पहल गरिरहेको गाउँपालिका अध्यक्ष चौधरीको भनाइ छ ।
उनले शिक्षक अभाव रहेको स्वीकार गर्दै गाँउपालिका नयाँ सोचका साथ अघि बढ्न लागेको बताए । उनले भने, “हामी शैक्षिक नीति नै तयार गरेर अघि बढ्ने सोचका साथ लागिरहेका छौँ ।” दीर्घकालीनरूपमा शिक्षकको समस्या समाधानका लागि जिल्ला शिक्षा समन्वय एकाइलगायतका अन्य सरोकारवालासँग पनि छलफल चलिरहेको उनले बताए । शिक्षक अभावलाई पूर्ति गर्न गाउँपालिका सक्रिय भएर लागेको अध्यक्ष चौधरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार