अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा इथियोपियालाई २.९ अर्ब डलर सहयोग घोषणा
नेपालबहस संवाददाता
पुस ६, २०७६ आइतबार १२:५९:२८
६ पुस एजेन्सी । अफ्रिकामा सबैभन्दा छिटो आर्थिक सुधार गर्नेमध्ये एक उत्तरपूर्वी अफ्रिकी मुलुक इथियोपियालाई अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा २.९ अर्ब अमेरिकी डलर सहयोग रकम दिने निर्णय गरेको छ ।
इथियोपियालाई आर्थिक सुधारका लागि सहयोगस्वरूप शुरूमा ३० करोड ८० लाख ४० हजार अमेरिकी डलर तत्काल उपलब्ध गराइने मुद्रा कोषद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । “कार्यक्रमले इथियोपियाका सरकारी अधिकारीद्वारा महत्वाकांक्षी सुधारका योजनालाई सहयोग गर्ने लक्ष्य लिएको छ,” कोषका प्रथम उप–प्रबन्ध निर्देशक ड्याभिड लिप्टनले बताए ।
उक्त सहयोग वैदेशिक मुद्राको अभावलाई सहज गर्न र राज्य सञ्चालित उद्योगहरू सञ्चालनका साथै वित्तीय स्थायित्व प्रत्याभूत गर्न प्रयोग हुने विज्ञप्तिमा छ । लिप्टनले भने, “विगत एक दशकदेखि इथियोपियाको आर्थिक सुधार तीब्र भएको र यसबाट यहाँको गरिबी नियन्त्रण तथा जीवनशैली सुधारमा प्रशंसनीय रहेको र सार्वजनिक क्षेत्रमा भएका लगानी नै यसका आधार भएका छन् ।”
इथियोपियाको सरकारले गत हप्ता मात्रै सरकारको महत्वाकांक्षी आर्थिक सुधार कार्यक्रमका लागि विदेशी सहयोगदाताहरूबाट नौ अर्ब अमेरिकी डलर सहयोगको प्रतिवद्धता आएको र यसले देशको अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान पुग्ने बताएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार