भौगोलिक अखण्डता असंशोधनीय छ : कांग्रेस नेता सिटौला
नेपालबहस संवाददाता
पुस ६, २०७६ आइतबार १४:४८:४९
६ पुस बनियानी । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकको भौगोलिक अखण्डता असंशोधनीय भएको बताएका छन् । झापाको भद्रपुर–५ स्थित ‘मेची रिभर साइड बिच भलिबल’ प्रतियोगिताको दोस्रो संस्करणको उद्घाटन गर्दै नेता सिटौलाले भने, “संविधानले भौगोलिक अखण्डता चाहेर पनि संशोधन गर्न सक्दैन, भौगोलिक अखण्डता नै राष्ट्रियताको पहिचान हो ।”
कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रको नेपाली भूमि भारतले मिचेको विषयमा काँग्रेसले भारतसँग उच्चस्तरमा राजनीतिक र कूटनीतिक पहल गरेर समाधान गर्न सरकारलाई दबाब दिइरहेको उनले बताए । दुई देशबीचमा राजनीतिक र कूटनीतिक पहल गरेर सीमा विवादको विषय समाधान गर्न सरकारलाई काँग्रेसले सुझाव दिइसकेको नेता सिटौलाले जानकारी दिए ।
कार्यक्रममा भद्रपुर नगर क्षेत्रका दुई अग्रज पत्रकारलाई सम्मानसमेत गरिएको छ । अग्रज पत्रकार गोपाल गिरी र स्वाधीन संवाद साप्ताहिकका सम्पादक तथा रेडियो भिजनका कार्यक्रम संयोजक माधव विद्रोहीलाई नगदसहित सम्मान गरिएको हो ।
भद्रपुर वडा नं ५ को आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा ३, ४, ५ र ६ विजयी भएको छ । प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नगरभरिका १० वटा वडाले सहभागिता जनाएको छन् । विजेता टिमलाई नगद रू ३० हजार, उपविजेता टिमलाई नगद रू २० र तृतीय हुने टिमलाई नगद रू १० हजारसहित शिल्ड प्रदान गरिने भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्कीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार