शिवम सिमेण्ट्सले आजको बजार तताउँदा, अरु के भयो ?
आर्थिक संवाददाता
पुस ६, २०७६ आइतबार २२:०:४७
६ पुष, काठमाडाैं । साताको पहिलो कारोवार दिन नेप्से परिसूचक १ दशमलव १७ अंकले वृद्धि भएर ११५० दशमलव ८१ को विन्दुमा दोश्रो बजार बन्द भएको छ ।
अघिल्लो कारोवार दिन बिहीबार एनएमबी बैंकको १२ करोड माथिको कारोवार भएसंगै कारोवार रकम बढेकोमा आज भने कारोवार रकम केही घटेको छ । आज १६७ कम्पनीका १४ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । दिनभरिमा ३७ करोड ४४ लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।
शिवम सिमेण्ट्सको बजार मूल्य सर्वाधिक वृद्धि भए संगै उत्पादन तथा प्रशोधन कम्पनीहरुको उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ । उत्पादन तथा प्रशोधन कम्पनीहरुको उपसुचकमा ३ दशमलव २६ प्रतिशतको वृद्धि देखिएको छ ।
आज होटल, विकास बैंक, उत्पादन तथा प्रशोधन,अन्य, माईक्रोफाइनान्स र म्युचअल फण्ड उपसुचकमा वृद्धि देखिएको छ । आज ट्रेडिङ्ग कम्पनीहरुको उपसुचकमा सर्वाधिक १ दशमलव ८५ प्रतिशतको गिरावट देखिएको छ ।
आज बजारको न्यून विन्दु ११४७ दशमलव ६७ थियो । बजारले न्यून विन्दु ११ बजेर ५४ मिनेटमा समातेको थियो । बजारले ११ बजेर २७ मिनेटमा ११५१ दशमलव ३७ को उच्च विन्दु समातेको थियो ।
बजारले न्यून विन्दु समाते पश्चात भने विस्तारै खरिदकर्ताको उपस्थिति आउँन थालको आजको ग्राफबाट देख्न सकिन्थ्यो ।
शिवम सिमेण्ट्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ७६ प्रतिशतले कमाए भने सर्वाधिक गुमाउनेको सुचीमा सबैभन्दा माथि नेपाल फाइनान्स लिमिटेड रहेको छ । नेपाल फाइनान्स लिमिटेडको बजार मूल्य ९ दशमलव ८१ प्रतिशतले घटेको छ ।
हेरौं सर्वाधिक कमाउने ५ कम्पनी:
हेरौं सर्वाधिक गुमाउने ५ कम्पनी:
आज शिवम सिमेण्ट्सको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । शिवम सिमेण्ट्सको ४ करोड ७६ लाखको शेयर खरिदबिक्री भएको छ । आज ७ वटा कम्पनीको मात्र १ करोड माथिको शेयर खरिदबिक्री भएको छ । १ करोड माथि कारोवार हुने कम्पनीमा शिवम सिमेण्ट्स, एनएमबी बैंक, नेपाल बैंक, नबिल बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सूर्या लाईफ इन्स्योरेन्स र ज्योति विकास बैंक सस्थापक शेयर रहेका छन् ।
प्राविधिक विश्लेषण:
पहिलो प्रतिरोध : ११५५ पहिलो टेवा : ११४८
- प्राविधिक बिश्लेषण अनुुसार नेप्से हाल बलियो टेवा क्षेत्रमा रहेको छ । आज बजारमा उतारचडाब कम रहेको र अघिल्लो कारोबार दिनभन्दा आजको कारोबार घटेको छ ।
- आजको बजारले “डोजी” मैनबत्ती आकृति बनाएको छ । यसले बजारमा माग र आपूर्ती दुबै कम रहेको जानकारी गराएको छ ।
- दैनिकी अवधिमा “आरएसआई” ५६ दशमलब १७ को बिन्दुमा छ । आरएसआई अक्सिलेटर हाल तटस्थ क्षेत्रभन्दा माथि रहेको छ ।
- जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स” हरुले आपूर्ती बढीरहेको संकेत गरेको छ भने “एडिएक्स”ले भने क्रेताको चाप त्यति घटेको देखिन्दैन ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारमा विक्रेता बढेको संकेत गरेको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध ११५५ मा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११४८ को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार