एनआईसी एशिया बैंकको इन्टर्याक्टिभ भ्वाइस रेस्पोन्स सेवा सुरू, एक्टिभेट गर्ने तरिका झनै सजिलाे
नेपालबहस संवाददाता
पुस ६, २०७६ सोमबार १:११:२१
६ पुष, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले इन्टर्याक्टिभ भ्वाइस रेस्पोन्स (आईभीआर) सेवा संचालनमा ल्याएको छ । बैंकले थप परिस्कृत र अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले आईभीआर सेवा सञ्चालनमा ल्याएको जनाएकोछ । यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने बैंकले दावी गरेको छ ।
ग्राहकवर्गले आईभीआर सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आईभीआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्ने बैंकले जनाएको छ । आईभीआर सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहक महानुभावहरुले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आईभीआर सेवा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुबै माध्यमबाट गर्न सकिने छ । ग्राहक महानुभावहरुले एसएमएसद्वारा आईभीआर दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ ।
सर्वप्रथम दर्ता गर्नका लागि आईभीआर इस्पेस आफ्नो खाता नम्बर (IVR<space>Account Number) टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ । एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ । दर्ता प्रक्रिया समाप्त भए पश्चात आईभीआर सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सकिने छ । ग्राहक महानुभावहरुले फोन कलद्वारा आईभीआर दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ ।
आईभीआर सेवा प्रयोग गर्नका लागि ग्राहक महानुभावहरुले आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट यस बैंकको आईभीआर नम्बर ०१–५९७०१०० मा डायल गरिसकेपछि ग्राहक महानुभावहरुको सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
आईभीआर सेवाको प्रयोगबाट ग्राहक महानुभावहरुले आफूलाई अनुकुल हुने समयमा आफ्नो खाताबारे जानकारी पाउन सक्नुहुनेछ जसबाट समयको बचत हुनुका साथै सहज ढंगले आफ्नो खाताको बारेमा निरन्तर अद्यावधिक जानकारी प्राप्त गर्न सकिने छ । यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट आम ग्राहकवर्ग धेरै लाभान्वित हुने विश्वास बैंकले लिएको छ साथै आगामी दिनहरुमा यो सेवालाई अझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ ।
यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बनेको छ । करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार