आज पीपीएलमा पोखरा र धनगढी भिड्दै
नेपालबहस संवाददाता
पुस ७, २०७६ सोमबार १३:३४:२४
७ पुस काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ‘पीपीएल’ क्रिकेटमा आज सोमबार साविक विजेता पोखरा पल्टन र एक्स्पर्ट धनगढीबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा घरेलु टिम र धनगढीबीचको खेल बिहान ११ : ३० मा सुरु हुनेछ । पोखरा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रदा धनगढी दिपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदान उत्रने छ ।
पुछारमा रहेका दुई टोलीका लागि यस खेल महत्वपूर्ण रहेको छ । दुबै टोलीलाई प्ले अफको गणितीय सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । पोखरा ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । धनगढी ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।
त्यसैले दुवै टिम जित निकाल्दै प्ले अफमा पुग्ने गणितीय सम्भावना कायम राख्न चाहन्छ । तर, दुवै टोलीलाई जितले मात्र पुग्ने छैन् । अन्य खेलको नतिजा समेत अनुकुल आउनु पर्नेछ ।
चितवन राइनोज र बुटवल ब्लास्टर्स पीपीएलको प्ले अफमा पुगिसकेका छन् । अब एक टोलीले प्ले अफमा स्थान बनाउने छन् । जसमा चार टोलीको प्रतिस्पर्धा रहेको छ ।
यस्तोमा पोखरा र धनगढीसँगै काठमाडौं गोल्डेन्स र विराटनगर टाईटन्स समेत प्ले अफ होडमा रहेका छन् । चार खेलमा ४ अंक जोडको काठमाडौं तेस्रो र २ अंक जोडेको विराटनगर चौथो स्थानमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार