सेनाद्वारा १० दिने निःशुल्क स्वास्थ्य शिविर, ३४ हजारभन्दा बढी लाभान्वित
नेपालबहस संवाददाता
पुस ७, २०७६ सोमबार १४:४८:०
७ पुस महोत्तरी । नेपाली सेनाद्वारा महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा सञ्चालन गरिएको १० दिने निःशुल्क शल्यचिकित्सासहितको स्वास्थ्य शिविरबाट ३४ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
गत मंसिर २७ गतेदेखि आइतबारसम्म शिविर सञ्चालन भएको थियो । खखना माध्यमिक विद्यालय परिसरमा आयोजित शिविर समापन समारोहमा नेपाली सेनाका सहायक रथि डा. देवेन्द्रबहादुर खत्रीले उपचार सेवा लिनेमा १७ हजार ९७३ महिला र १४ हजार १६४ पुरुष रहेका र दुई हजार ३५ ले परामर्श सेवा लिएका जानकारी दिए ।
शिविरमा १९३ पुरुष र १३६ महिला गरी ३२९ जनाको जटिल शल्यक्रिया भएको , रु ६० लाख मूल्य बराबरको औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराइएको थियो । शिविरका सूचना अधिकारी सेनानि नवीन कुँवरले शिविरमा सेवा लिन आउने विरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरिएको वताए।
समापन समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत नेपाली सेनाले ग्रामीण विपन्न वर्गका जनतालाई घर आगमनमा स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धन्यवाद दिए ।
शिविरमा नेपाली सेनाका ६० जना दक्ष विशेषज्ञ चिकित्सक र १०५ स्वास्थ्यकर्मी ९नर्स, पारामेडिकल र ल्याब टेक्निसियन० सहित १६५ जनाको टोलीले उपचार सेवा प्रदान गरेका थिए ।
शिविरमा महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा, उदयपुर, सिरहा, रौतहट, सिन्धुली र सप्तरीका बिरामीले उपचार सेवा प्राप्त गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा सुरेन्द्रकुमार यादव र प्रदेशसभा–२ का सदस्य कौशलकुमार यादवले सेनाले दिएको सेवाको प्रशंसा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजङ्गीअड्डामा ‘नेपाली सेना फोटो प्रदर्शनी’ हुँदै
माघ ४, २०८१ शुक्रबार
सेनाको सहयोगमा पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया
माघ ३, २०८१ बिहिबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार